नया वर्षमा न्यू इयर कप

बिश्व न्यूज संबाददाता
टेक्सस ।
नया बर्ष २०७५ को अवसरमा डलासमा रहेको डिएफडब्लु हिमालयज फुटवल क्लबले सेभेन ए साइड मैत्रीपुर्ण फुटवल प्रतियोगिता गर्ने भएको छ । नयावर्षको अवसरमा क्लबले आयोजना गर्दै आएको न्यू इयर कपको को तेस्रो संस्करण अप्रिल ८ मा ग्रेपभाइनमा हुने क्लबले जनाएको छ । मिडोमेरी सकर मैदान ग्रेपभाइनमा गरिने प्रतियोगितामा डलास फोटवर्थ क्षेत्रवर पर रहेका विभिन्न क्लबहरुले प्रतिष्पर्धा गर्ने बताइएको छ । मार्च ३१ सम्म क्लब दर्ता गरिसक्नुपर्ने जनाउदैं क्लबले दर्ता शुल्क ३ सय ५० डलर राखेको जनाएको छ । प्रथम हुने टोलीलाई १५ सय नगद र दोस्रो हुने टोलीलाई ७ सय नगद सहीत ट्रफी पुरस्कार राखिएको प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
अन्तरवार्ता
-
पार्टीको त यो हालत छ भने त्यही पार्टीको सरकारको हालत के होला ? मैले त फर्केर हेरेको पनि छैन
२०७५-११-२ ० बिचार / प्रतिक्रिया