डलास गोर्खाजलाई उपाधि

डलास गोर्खाजलाई उपाधि
 
बिश्व न्यूज संबाददाता
टेक्सस ।
नेपाली नया बर्षको अवसर पारेर टेक्ससको डलासमा आयोजित तेस्रो न्यू इयर कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधि डलास गोर्खाज फुटवल क्लबले हात पारेको छ ।  प्रतियोगिताको उपाधि जित्ने क्रममा डलास गोर्खाजले फाइनलमा आयोजक डिएफडब्लु हिमालयज फुटवल क्लबलाई शुन्यका विरुद्ध पाच गोलले हराएको थियो । 
प्रतियोगितामा टेक्सस, क्यालिफोर्निया, लुजियाना र ओक्लोहमामा रहेका नेपालीहरुको २० वटा क्लबहरुको सहभागिता रहेको थियो । उपाधि जित्ने क्रममा डलास गोर्खाजले प्रथम चरणमा हिमालयन डु्रकलाई एकका बिरुद्ध सात, प्रि क्वाटरमा डिएफडब्लु ह्वाइटलाई एकका विरुद्ध आठ, क्वाटरफाइनलमा हिमालयज ह्वाइटलाई शुन्यका विरुद्ध तीन र  सेमिफाइनलमा लसएन्जल्स ११ लाई शुन्यका विरुद्ध चार गोलले हराएको थियो ।
जितसगैं डलास गोर्खाजले उपाधि सहीत १ हजार ५ सय डलर र उपविजेता टोली डिएफडब्लु हिमालयजले ७ सय डलर प्राप्त गरेको छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार