कान्छी हे कान्छीको छायांकन पूरा

कान्छी हे कान्छीको छायांकन पूरा

किशन रेग्मी र श्रुती योगीको आवाजमा सजिएको प्रह्लाद रिजालको गीत ‘कान्छी हे कान्छी’को म्युजिक भिडियोको छायांकन पूरा भएको छ । शिल्पा पोख्रेल र पृथ्वीराज प्रसाईंले अभिनय रहेको उक्त म्युजिक भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन् ।

सुरेन्द्र बस्याल कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् । अमेरिकामा बसोवास गर्दै आएका गायक रेग्मीले टेक्सासमै हेमन्त श्रेष्ठद्वारा सञ्चालित रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गरेका हुन् भने योगीले नेपालमै रेकर्ड गरेको म्युजिक भिडियोका निर्माता उद्धव सिलवालले जानकारी दिए । सिलवालले भने– ‘किशन रेग्मीको यो पहिलो गीत भए पनि उनले सय प्रतिशत नै दिएका छन् ।’ यस गीतलाई शिशिर योगीकी छोरी श्रुतीको आवाजले पनि न्याय दिएको निर्माता सिलवालले बताए ।

ललितपुरको गोदावरीमा सुटिङ गरिएको गीत सबैले रूचाउने निर्माण पक्षको विश्वास छ । यति बेलाका अत्यन्तै व्यस्त निशान घिमिरेले सम्पादन गर्ने भनिएको गीतको भिडियो वैशाख ७ मा सार्वजनिक गरिने बताइएको छ । गीतको भिडियो यूएस मिडिया नेटवर्कबाट रिलिज गरिनेछ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार