के अहिले टीपीएसको निवेदन पेश गर्न सम्भव होला ?

के अहिले टीपीएसको निवेदन पेश गर्न सम्भव होला ?

 

रमेश श्रेष्ठ

जुन २०१५ मा टीपीएसको घोषणा भएका बेलामा म उक्त सुविधाका लागि योग्य थिएँ । तर, म एच–१बी स्टाटसमा भएकोले गर्दा मलाई टीपीएसको जरुरी थिएन र टीपीएसका लागि निवेदन पेश गरिन । तर, अहिले मेरो एच–१बी भिसाको स्थिति अलिक ठीक नभएकोले गर्दा चिन्ता लागिरहेको छ । के मैले यस्तो अवस्थामा टीपीएसको निवेदन पेश गर्न सक्छु ? के अहिले टीपीएसको निवेदन पेश गर्न सम्भव होला ? उत्तर पाएमा धेरै आभारी हुने थिएँ ।

– प्रदीप, न्यूजर्सी

 

नेपालका लागि प्रदान गरिएको टीपीएसको प्रावधानअन्तर्गत मुख्यरुपमा (१) जुन २४, २०१५ भन्दा अगाडि नै अमेरिकामा प्रवेश गरेको हुनुपर्ने, (२) नेपालको नागरिक भएको हुनुपर्ने, (३) २ वा २ भन्दा बढी मिसडिमिनर अपराध गरेको भनी सजाय नपाएको हुनुपर्ने छ । यी ३ शर्तहरु पूरा गर्न सकेको हुनुपर्छ ।

टीपीएस सुरुवात हुँदााके समयमा अन्य ननइमिग्रान्ट (भिसामा रहेको व्यक्तिहरुले यदि टीपीएसको निवेदन पेश नगरेको भए उनीहरुले लेट टीपीएस रजिष्ट्रेशन गर्न सक्नेछन् । उक्त ननइमिग्रान्ट भिषहरु (जस्तै– एफ–१, एच– १बी भिसा) कायम नै रहेको अवस्थामा टीपीएसको म्याद थप भएको अवस्था भए, युएससीआईएसले तोकेको म्यादभित्रमा नयाँ दर्ताका लागि टीपीएसको निवेदनपेश गर्न सकिन्छ । यदि ननइमिग्रान्ट भिसा टीपीएसको म्याद थप हुनुअगावै समाप्त हुन गएको वा हुन लागेको अवस्थामा भने बाँकी रहेको टीपीएसको म्यादका लागि उक्त ननइमिग्रान्ट भिसा समाप्त भएपछिको ६० दिनभित्र युएससीआईएसमा लेट टीपीएस रजिष्ट्रेशनका लागि निवेदन पेश गर्नुपर्ने हुन्छ ।

त्यसैले तपाईंको केसमा एच–१बी भिसा जुन २४, २०१८ सम्म कायमै रह्यो र टीपीएस पनि नवीकरण भएको खण्डमा युएससीआईएसले दिएको नवीकरण गर्ने म्यादभित्रमै तपाईंले पनि लेट रजिष्ट्रेशनका लागि निवेदन पेश गर्नुहोला । यदि तपाईंको भिसा तत्कालै खत्तम हुने अवस्थामा छ भने माथि उल्लेख भएअनुसार भिसा बिग्रेको ६० दिनभित्रमा लेट टीपीएस रजिष्ट्रेशनका लागि निवेदन पेश गर्नुहोला ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार