रानी महलमा मिस नेपाल

रानी महलमा मिस नेपाल

यस वर्षको मिस नेपाल शृङ्खला खतिवडा घोषणा भएलगत्तै गत वर्षकी मिस नेपाल निकिता चण्दकले नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छन् । नेपाली चलचित्रमा अभिनय गर्ने चाहना व्यक्त गर्दै आएकी निकिताले मिस नेपालको ‘क्राउन पिरियड’ पूरा हुनेबित्तिकै चलचित्र खेल्ने घोषणा गरेकी हुन् ।

मिस नेपालको क्राउन पिरियडमा धेरै चलचित्रबाट अफर पाएकी निकिताले चलचित्र रानी महलमा अभिनय गर्ने करिब पक्का भइसकेको छ । निकिताले चलचित्र रानी महलको कथावस्तु रुचाएको र चलचित्र रानी महल खेल्ने सहमति जनाइसकेको चलचित्र रानी महलका प्रोडक्सन डिजाइनर गणेश सापकोटाले खुलासा गरेका छन् ।

चलचित्र रानी महलका लागि निकिताले केही दिनमा नै वर्कशपमा भाग लिने भएकी छन् । त्यसपछि चलचित्र रानी महलको छायांकनमा जाने निर्माण पक्षको भनाइ रहेको छ । चलचित्र रानी महलको निर्देशन हिमाल न्यौपानेले गर्दैछन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार