मिचिगनमा नेपाली पाठशाला उद्घाटन

 मिचिगनमा नेपाली पाठशाला उद्घाटन
 
विश्व न्यूज संवाददाता
मिचिगन (अमेरिका) ।
अमेरिकाको मिचिगन राज्यमा गैर आवासीय नेपाली संघ अमेरिका मिचिगन च्याप्टरले  नेपाली भाषा कक्षा पाठशाला संचालन गरेको छ । 
पाठशाला संचालन हुने मिचिगन राज्यको वाटिफोर्ड स्थीत ज्योति एभरेस्ट तेक्वान्दो विद्यालयमा एक कार्यक्रमका बीच गत आइतवार नेपाली पाठशालाको उद्घाटन तथा पठनपाठन काम सुरु गरिएको थियो ।
उद्घाटन  कार्यक्रममा धारणा राख्दै एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराइ, एनआरएनए आइसिसी सदस्य धर्म भट्टराई, जनसम्पर्क समिति  मिचिगन च्याप्टरका अध्यक्ष  राम प्रसाद वस्याल, जनसम्पर्क समिति अमेरिकाका केन्दिय  सदस्य अमृत भट्टराई लगायतले बोल्दैं प्रवासमा नेपाली पाठशालाको संचालन सन्ततीलाई नेपाली भाषाको ज्ञान हासिल गर्न सघाउ पुग्ने बताए । उनीहरुले पाठशालाको संचालनले नेपाली भाषा, धर्म, संस्कृति, संस्कारको रक्षा, सम्वद्र्दन, पुस्तान्तरणमा  टेवा पुग्ने विश्वास व्यक्त गरे । 
सो कार्यक्रममा एनआरएनए मिचिगन च्याप्टरका अध्यक्ष जगनलाल  श्रेष्ठ (बिपिन) ले स्वागत मन्तव्य व्यक्त गर्दै  बालबालीकाहरु लाई नेपाली भाषा तथा संस्कृति को बारेमा अझ बढी अध्ययन गर्ने अवसर मिलोस भन्ने उद्देश्यले नेपाली भाषा कक्षा संचालन बताए । उनले सबैंको साथ र सहयोगले पाठशाला संचालन गर्न सकिएको भन्दैं निरन्तर सहयोग रहने आशा व्यक्त गरे । हरेक आइतवार साझ ४ देखि ६ बजेसम्म संचालन हुने कक्षामा  टिका गौतमले शिक्षण गर्नुहुनेछ । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा