युएनए सम्मेलनको तयारी सुरु

युएनए सम्मेलनको तयारी सुरु
 
बिश्व न्यूज संबाददाता
टेक्सस ( अमेरिका ) । 
अमेरिकाको टेक्सस डलासमा  मे २६ र २७ आयोजनामा हुन लागिरहेको तेस्रो युएनए (युनाइटेड नेपलिज एशोसिएशन) सम्मेलनलाई युवा शसक्तिकरणमा केन्द्रीत गरिने आयोजकले जनाएका छन् । नेपाली युवा वर्गलाई अमेरिकाको मुलप्रवाहमा लैजानलाई दिशा निर्देश गर्ने गरी सम्मेलनमा कार्यक्रमहरु केन्द्रीत गरिने मंगलवार डलासमा आयोजित पत्रकार सम्मेलनमा आयोजक युनाइटेड नेपलिज एशोसिएशनले जनाएको छ । 
नेपाली भाषा, धर्म, संस्कृति, संस्कारलाई युवा पुस्तामा हस्तान्तरण गर्नुका साथैं अमेरिकाको मुल प्रवाहमा अवको पुस्ताको सहभागिता बढाउनु पनि आवश्यक रहेको भन्दैं त्यसतर्फ संस्थाको जोड रहेको पत्रकार सम्मेलनमा संस्थाका संस्थापक अध्यक्ष्ँ पासाङ लामाले बताए । 
अमेरिकामा नै अध्ययन सकेका, अध्ययन गरिरहेका, नेपालवाट भर्खर अमेरिका आई कसरी यहा सरल रुपमा बाच्न सकिन्छ भनेर बाटो खोजिरहेका , व्यवसायी बन्न चाहना भएका, राम्रो योजना भएपनि लगानी अभावले खुम्चिएका धेरैं युवाहरु हुनुहुन्छ उहाहरुको लागि यो सम्मेलन महत्वपुर्ण हुनेछ । लामाले भने नेपालवाट र अमेरिका लगायत अन्य मुलुकमा रहनुहुने सफल व्यक्तिहरुलाई सम्मेलनमा बोलाएका छौं, उहाहरुले दिने गाइडलाइनले ठूलो अर्थ राख्नेछ, अमेरिकामैं पनि कसरी काम पाउन सकिन्छ भन्ने देखि व्यवसाय कसरी रन गर्ने भन्ने सम्मका विषयमा फोरमहरु चलाइनेछ, यसले नेपालीलाई फाइदा पुग्ने विश्वास लिएको छु । 
सो अवसरमा सम्मेलनमा संयोजक निरज पन्तले सेमिनार, खेलकुद, किड्स लक्षित विभिन्न प्रतियोगिता , सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिएको जनाउदैं सबैं एक भएर अघि बढ्दा भोलिका दिनमा युवा वर्गलाई यसले प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरे । 
संस्थाका सदस्य राकेश गोइतको संचालनमा भएको कार्यक्रममा बोल्दैं संस्थाका विएन पन्त, नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष भुवन आचार्य, समाजका अध्यक्ष सुमन थापा लगायतले सम्मेलन सफलताको कामना गर्दै नेपालीलाई लक्षित गरी विभिन्न चलाइने फोरमले फाइदा पुग्ने बताए । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार