अस्थायी ग्रीनकार्डलाई स्थायी कसरी बनाउने होला ?

अस्थायी ग्रीनकार्डलाई स्थायी कसरी बनाउने होला ?

रमेश श्रेष्ठ

 

मेरो श्रीमान् युएस सिटिजनको स्पोन्सरमार्फत ग्रीनकार्ड पाएर अमेरिका आएको डेढ वर्ष भयो । मलाई अमेरिका आउँदा २ वर्षको ग्रीनकार्ड दिएको थियो र २ वर्ष पुग्नुअगावै कन्डिसनल ग्रीनकार्डलाई १० वर्षे अथवा पर्मानेन्ट गर्नुपर्ने हुन्छ भनी सल्लाह दिएको थियो । अहिले मेरो श्रीमान्सँग मनमुटाव भएर डिभोर्स पनि भयो । कन्डिसन रिमोभल गर्ने निवेदनमा मेरो श्रीमान्को पनि सही हुनुपर्छ भन्ने सुनेको छु । अब कसरी मैले मेरो अस्थायी ग्रीनकार्डलाई स्थायी बनाउने होला ? केही उपाय छ कि ? सुझावका लागि अनुरोध गर्दछु ।

– समिता, अमेरिका

 

युएस सिटिजनको स्पाउसको हैसियतले ग्रीनकार्ड पाउँदा, सो ग्रीनकार्ड पाउने वा इमिग्रान्ट भिसा जारी हुने दिनमा यदि उनीहरुबीचको विवाहको अवधि २ वर्षभन्दा कम भएको खण्डमा एलियन स्पाउसले २ वर्षको कन्डिसनल रेसिडेन्ट स्टाटस प्राप्त गर्नेछ । त्यस्ता कन्डिसनल रेसिडेन्ट स्टाटस पाएकाहरुले २१ महिनादेखि २४ महिनाको समयभित्रमा सो कन्डिसल रिमोभ गर्नका लागि आई–७५१ एप्लिकेसन भरी युएससीआईएसमा आफ्नो विवाहको कागजपत्रसमेत राखी दर्ता गर्नुपर्ने हुन्छ । आई–७५१ एप्लिकेसनको अवस्थामा दुवै युएस सिटिजन स्पाउस र एलियन स्पाउस दुवैले निवेदनमा सही गरी विवाह कायमै रहेको र गुड फेथ म्यारिज रहेको तथ्य प्रमाणित गर्न विभिन्न किसिमका चिल्ड्रेन, फाइनान्स, इम्प्लोइमेन्ट, प्रोपर्टिज, हेल्थ, रेलिजियन आदि झल्कने खालका दुवै श्रीमान् र श्रीमतीसँग सम्बन्ध राख्ने कागजपत्रहरु पनि संलग्न गर्नुपर्ने हुन्छ । युएससीआईएसलाई बोना–फाइड म्यारिज कायम रहेको कुरा विश्वास हुन आएमा आई–७५१ एप्लिकेसन एप्रुभ हुनेछ । यदि आई–७५१ एप्लिकेसन डिनाइड भएको खण्डमा एलियन स्पाउसलाई डीएचएसले रिमोभल प्रोसिडिङमा राखी इमिग्रेसन जजकहाँ जान भनी आदेश दिन सक्नेछ । इमिग्रेसन कोर्टमा केस गएको खण्डमा एलियन स्पाउसले फेरि पनि इमिग्रेसन जजसमक्ष आई–७५१ एप्लिकेसनको पुनः सुनुवाइ गर्नका लागि माग गर्न सक्दछ ।

तर, तपाईंको अवस्थामा यदि आई–७५१ एप्लिकेसन युएससीआईएसमा दाखिल गर्नुअगावै डिभोर्स भएको छ भने सो अवस्थामा पनि तपाईंले आई–७५१ एप्लिकेसन तपाईंले मात्र सही गरी ज्वाइन्ट पेटिसन फायल गर्नुपर्ने नियमको वेभर माग गर्न सक्नुहुनेछ । यस अवस्थामा निवेदकले विवाह गुड फेथमा भएको, तर विवाह डिभोर्सको कारणले टर्मिनेट भएको भनी वेभरको माग गर्न सक्दछ । यस्तो निवेदनको अवस्थामा निवेदकले विवाह बोना–फाइड भएको र गुड फेथ अर्थात् सही भावनाले गरेको हो, न कि ग्रीनर्का पाउनका लागि मात्र गरेको हो भनी साबित गर्न सक्नुपर्ने हुन्छ । यस अवस्थामा विवाह साँचो र सही भावनाले गरिएको भनी प्रमाणित गर्न विभिन्न कागजपत्रहरु पेश गर्नुपर्ने हुन्छ । युएससीआईएसलाई सो कुरामा सन्तुष्टि हुन आएमा उक्त निवेदन स्वीकृत गरिदिनेछ । यसरी आई–७५१ निवेदन एप्रुभ भएमा युएससीआईएसले १० वर्षको ग्रीनकार्ड पठाइदिनेछ ।

यदि आई–७५१ निवेदन अस्वीकृत भएमा युएससीआईएसले तपाईंलाई रिमोभल प्रोसिडिङमा राखी अध्यागमन अदालतमा पठाउन सक्नेछ । सो अवस्था आएमा इमिग्रेसन जजसमक्ष आई–७५१ निवेदनमाथि पुनः सुनुवाइको माग गर्न सक्नुहुनेछ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा