लायन्स डिष्ट्रिक्टको सम्मेलन आयोजना

लायन्स डिष्ट्रिक्टको सम्मेलन आयोजना
 
टेक्सस । 
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट फोर सी थ्रिको सम्मेलन यही मे महिनाको ४ देखि ६ सम्म हुने भएको छ ।  लायन्स इन्टरनेशनलका डाइरेक्टर डोन नोलान्डको उपस्थितिमा रिनो नेभाडामा सम्मेलन हुने भएको हो ।  ५२ वटा लायन्स क्लबहरु  रहेको यो डिष्ट्रिक्टको सम्मेलनमा इन्टरनेशनल डाइरेक्टर डोनका साथैं काउन्सिल चेयर रोव मनिंग, भिजिटिङ डिष्ट्रिक्ट गर्भनर निक म्याक निकोलसको समेत सहभागिता रहने डिष्ट्रिक्ट गर्भर राजेन थापाले जानकारी दिनुभयो । सम्मेलनमा वुना ढकालको मोटिभेशनल स्पिकरको रुपमा सहभागिता रहनेछ । 
 थापा अमेरिकामा  लायन्सको डिष्ट्रिक्ट गभर्नर बनेपछि यहाको डिष्ट्रिक्टले नेपालका विभिन्न जिल्लामा सामाजिक तथा मानवीय सेवाका कार्यहरु गरेको थियो । बरकली अन्नपूर्ण लायन्स क्लबको संस्थापक अध्यक्ष थापा अमेरिकामा नेपालीको सहभागितामा लायन्स क्लबहरु स्थापना गर्ने अभियानमा लाग्दैं आउनुभएको छ । नेपाल तथा अमेरिकामा लायन्सको डिष्ट्रिक्टले  तत्कालिक र दिर्घकालिन महत्वका कामहरु गरेको थापाले बताउनुभयो ।
सम्मेलनले अहिलेका प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर स्किप जेन्डरलाई इलेक्ट गर्भनर चयन गर्नेछ । तर लायन्सको नियममा लायन्स इन्टरनेशनलको सम्मेलन पछि मात्रैं डिष्ट्रिक्ट गर्भनरहरु परिवर्तन हुनेछन् ।  आफू डिष्ट्रिक्ट गर्भनर भए यता प्राप्त सहयोगप्रति सबैंमा हार्दिक आभार सहीत नेपाली समुदायले गरेको सहयोग र सम्मानप्रति आफू सधैं आभारी रहने उल्लेख गर्दै थापाले  सबैंको साथ र सहयोगले सामाजिक सेवाका धेरैं कामहरु गर्न सकिने बताउनुभयो । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार