ह्यारीको अभियानमा डलासका नेपालीको सहयोग

ह्यारीको अभियानमा डलासका नेपालीको सहयोग
डलास । 
अमेरिकाको मेरिल्याण्ड राज्यको स्टेट अफ डेलिगेट्सको उम्मेद्वार बनेका एच. बी. (ह्यारी) भण्डारीको अभियानमा डलास फोटवर्थ क्षेत्रका नेपालीले सहयोगी हात अघि बढाएका छन् । भण्डारी डेमोक्रेट पार्टीको तर्फवाट प्राथमिक चुनावी  अभियानमा रहेका छन् । आउदो जुन १६ मा प्राथमिकता प्रतिष्पर्धा हुने र त्यसपछि विजयी भए नोमेम्वर ६ मा अन्तिम प्रतिष्पर्धामा  भण्डारी अगाडि बढ्नेछन् । 
भण्डारीको चुनावी अभियानमा सहयोग गर्न आइतवार टेक्ससको युलेसमा आयोजित अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो । गैर आवासीय नेपाली संघ अमेरिकाको मेनस्ट्रिम इन्टिग्रेशन कमिटिले ह्यारी भण्डारीसग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । त्यस्तैं, सोही अवसरमा फ्रेन्डस अफ ह््यारी भण्डारी नामक अभियान बनाएर चुनावी अभियानमा आर्थिक सहयोग समेत संकलन गरिएको थियो । 
सो कार्यक्रममा बोल्दैं ह्यारी भण्डारीले आफ्नो उम्मेद्वारीलाई नेपालीलाई मेन स्ट्रिममा जोड्ने एउटा आधारको रुपमा आफुले लिएको बताए । उनले यो चुनावमा हार जीत जे भएपनि आफू निरन्तर नपाली समुदायको निम्ति लागि रहने जनाए । 
कार्यक्रममा बोल्दैं गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय स मन्वय परिषद्का उत्तरु अमेरिका क्षेत्रीय संयोजक गौरी राज जोशी, सल्लाहकार हरी बोल भण्डारी, गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील शाह, आइसिसी सदस्य बेद बस्नेत, बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछाने, सुरेश पोखरेल, बासु भण्डारी, मनोज सिग्देल, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, एनआरएनए अमेरिकाका टेक्सस च्याप्टर अध्यक्ष भानु खरेल, केशव लामिछाने, केदार तिमल्सिना, विकासराज न्यौपाने, संजय घिमिरे, प्रवासी मञ्चकी उपाध्यक्ष यमुना भट्टराई लगायतले बोल्दैं अमेरिकाको मुल धारमा नेपालीको सहभागिता आवश्यक रहेको भन्दैं त्या यात्रामा अगाडि बढाएकोमा भण्डारीलाई शुभकामना व्यक्त गरेका थिए । दुई चरणको कार्यक्रममा बोर्ड अफ डाइरेक्टर डा. अर्जुन बञ्जाडे र पत्रकार बाल जोशीले सहजीकरण गर्नुभएको थियो । 

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार