जेम्सले पाए साढे ४ लाख डलरको छात्रवृत्ति

जेम्सले पाए साढे ४ लाख डलरको छात्रवृत्ति

न्यूयोर्क । रिजउडमा बसोवास गर्दै आएका १२ वर्षीय जेम्स कर्माचार्यले ४ लाख ५० हजार अमेरिकी डलरको ‘टेक फेलोसिप’ पाएका छन् । उनी न्यूयोर्कको रिजउडस्थित ‘आईएस ९३ रिजउड इन्टरमिडिएट’ स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन् ।

उक्त फेलोसिपले जेम्सको कक्षा ६ देखि स्नातक तहसम्म अध्ययन गर्न आवश्यक सम्पूर्ण खर्च व्यहोर्ने छ । अब जेम्स आफैंले रोजेर अमेरिकाको निजी स्कुल पढ्नेछन् । टेक फेलोसिप प्रदान गर्ने संस्थाले जेम्सको पढाइसँगसँगै गरिने सम्पूर्ण अतिरिक्त क्रियाकलापका लागि वार्षिक रुपमा ५७ हजार अमेरिकी डलर खर्चने छ ।

अमेरिकाको न्यूयोर्क शहरका विद्यालयहरुमा कक्षा ६ मा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई प्रदान गर्ने ‘टेक फेलोसिप’ निकै महत्वपूर्ण छात्रवृत्ति हो । अत्यन्तै ट्यालेन्ट विद्यार्थीहरुको भविष्य निर्धारणमा यसको ठूलो महत्व छ । उक्त छात्रवृत्ति प्रदान गर्ने संस्थाले न्यूयोर्क शहरका विद्यालयहरुलाई ट्यालेन्ट विद्यार्थीहरुको नाम नोमिनेसनका लागि आह्वान गर्छ । विद्यालयहरुले ३ सय जनाको नाम नोमिनेसन गर्ने गर्छन् भने त्यसमध्ये ३० जना विद्यार्थी वर्षेनी छनौट हुने गर्छन् । कक्षा ६ देखि स्नातक तहसम्म पढाउनका लागि लाग्ने सम्पूर्ण खर्च छात्रवृत्तिले व्यहोर्ने छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा