मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध

मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध
मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक ।
क्वालालम्पुर, (एजेन्सी) । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । मलेसियाको आप्रवासन विभागले भर्खरै मात्र सत्ताबाट बाहिरिएका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो । 
हालै सम्पन्न निर्वाचनमा रजाकको पार्टी पराजित भएको थियो भने सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको उनीमाथि आरोप लगाइएको छ । विभागले रजाकसँगै उनकी श्रीमती रोस्मा मनसुरलाई पनि देशबाट बाहिरिन प्रतिबन्ध लगाएको जनाएको छ ।
‘म र मेरो परिवारलाई मलेसियाका आप्रवासन विभागले देश छाड्न प्रतिबन्ध लगाएको बारेमा मलाई पहिले नै थाहा थियो,’ विभागले आफूलाई देशबाट बाहिरिन प्रतिबन्ध लगाएको सार्वजनिक भएपछि ट्वीट गर्दै नाजिबले लेखेका छन्– ‘मैले त्यो निर्देशनलाई सम्मान गर्ने छु र म मेरो परिवारसँगै स्वदेशमै बस्ने छु ।’
यसै हप्ता भएको ऐतिहासिक निर्वाचनमा नाजिबले नेतृत्व गरेको बरिसान राष्ट्रिय गठबन्धन पराजित भएको थियो । सो गठबन्धन सन् १९५७ मा मलेसिया स्वतन्त्र भएदेखि सत्तामा रहेकोमा अब सत्ता बाहिर रहने भएको छ । निर्वाचनमा पाकाटन हारापन गठबन्धनले बहुमत ल्याएर गठबन्धनका नेता तथा पूर्वप्रधानमन्त्री माहाथिर मोहम्मदको नेतृत्वमा नयाँ सरकार पनि गठन गरिसकिएको छ । बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका मोहम्मदले शुक्रबार १० जना नयाँ मन्त्री थपेका छन् ।
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार