विज्ञापनबाट प्रियङ्का मालामाल

विज्ञापनबाट प्रियङ्का मालामाल
प्रियङ्का कार्की, नायिका ।

विज्ञापनमार्फत बलिउडका सुपरस्टारहरु करोडौं रकम कमाउँछन् । तर, नेपालमा भने कमै मात्र कलाकार विज्ञापनमा देखिने गरेका छन् । बलिउड कलाकारको कमाइको मुख्य स्रोत नै विज्ञापन हो । यही विज्ञापनमा काम गरेर बलिउडका कलाकार मालामाल भइरहेको अवस्थामा नेपाली चलचित्रकी एक नायिका पनि विज्ञापनकै कारण मालामाल हुने क्रममा रहेकी छन् ।

हाल नेपाली चलचित्रकी चर्चित नायिका प्रियङ्का कार्की विज्ञापनकै कारण मालामाल हुने नायिकामा परेकी छन् । प्रियङ्का केही साता अघि मात्र भारतको प्रख्यात कम्पनी ब्रिटानियाको ब्राण्ड एम्बासडर बनेकी छन् । दुई वर्ष ब्रिटानियाको विज्ञापनमा काम गरेवापत प्रियङ्काले २० लाख भारु लिएको खुलासा भएको छ । एकपछि अर्को कम्पनीका विज्ञापनमा मोटो रकम पारिश्रमिक लिने भाग्यमानी नेपाली नायिकामा प्रियङ्का देखिएकी छन् ।

त्यस्तै, प्रियङ्काले रुस्लान कम्पनीको विज्ञापनमा काम गर्नका लागि दुई वर्षे सम्झौता गरेकी छन् । रुस्लानको ब्राण्ड एम्बासडर बनेवापत उनले २० लाख भारु नै पारिश्रमिक लिएको बुझिएको छ । चाँडै नै एक अर्को कम्पनीको विज्ञापनमा पनि प्रियङ्का छाउने भएको छ । त्यसमा पनि उनले मोटो रकम लिने भएकी छन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार