रणजोर खोलाले १६ जनालाई बगायो, १५ को उद्धार

रामेछाप, वैशाख ३१ । भारी बर्षापछि आएको बाढीले रामेछापमा १६ जनालाई खोलाले बगाएको छ । ती मध्ये १५ जनाको उद्धार भए पनि एक जना भने अझै वेपत्ता छन् । कक्षा ११ को परीक्षा दिन हिडेका १६ जना विद्यार्थीलाई रामेछापको रणजोर खोलाले बगाएको हो । पानीसँगै खोलामा आएको बाढीले १६ जनालाई बगाएको हो । ती मध्ये १५ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
ती मध्ये पनि ३ घाइते जनाको अवस्था गम्भीर छ । घाइते हुनेमा १७ वर्षीया मनिषा पाण्डे, सोही उमेरकी जानुका बुढाथोकी र वर्ष १८ की निशा शाह छन् ।
वेपत्ता भएकी १७ वर्षकी उस्मा फुयाँलको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ । उनीहरुलाई कक्षा ११ को परीक्षा दिन मन्थली उमावी भदौरे जाँदैगर्दा बाटोमा पर्ने रणजोर खोलाले बगाएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
अन्तरवार्ता
-
पार्टीको त यो हालत छ भने त्यही पार्टीको सरकारको हालत के होला ? मैले त फर्केर हेरेको पनि छैन
२०७५-११-२ ० बिचार / प्रतिक्रिया