समाजले सम्झियो समाजसेवी

कमला फाउण्डेशनलाई उठ्यो सहयोगीका हात

समाजले सम्झियो समाजसेवी

सुरज भण्डारी

डलास । आइतवार टेक्ससको युलेसमा रहेको फिस्टेल रेष्टुरेण्टमा टेबुलहरु मिलाएर राखिएको थियो । डलास फोटवर्थ क्षेत्रवर रहेका नेपालीहरुको विभिन्न कार्यक्रमहरु आयोजना हुने अन्य रेष्टुरेण्टहरु जस्तैं फिस्टेल पनि एउटा रेष्टुरेण्ट हो । नेपालीहरुको बढ्दो उपस्थिति सगैं यहा सप्तान्हमा केही केही कार्यक्रमहरु भइनै रहेको हुन्छ । गत आइतवार पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका थिए । तर अन्य कार्यक्रम र त्यो भन्दा पहिला हुने कार्यक्रम भन्दा फरक प्रकृतिको कार्यक्रम थियो त्यो । 
 
कार्यक्रम स्थलमा राखिएका टेबलहरु क्रमशः भरिदैं थिए । कार्यक्रम सुरुवात भएको केही समयमैं टेवलहरु मत्र भरिएन अनुमान गरिए भन्दा बढी उपस्थितिले कार्यक्रम स्थल साघुरो जस्तो हुन पुग्यो । प्रायः सांस्कृतिक कार्यक्रममा उर्लिदो उपस्थिति हुने भएपनि त्यो कार्यक्रम कुनैं सांस्कृतिक कार्यक्रम थिएन तर त्यो कार्यक्रम श्रदाले भरिपूर्ण थियो । उपस्थित हरुमा त्यो खालको श्रदा झल्कन्थ्यो । कोही आफ्नो दिदिको लागि त्यहा आएका थिए त कोही बुहारीका लागि कोही आमाका लागि त्यहा आएका थिए त कोही भाउजुका लागि, कोही बहिनीका लागि त्यहा आएका थिए त कोही असल साथीका लागि, तर त्यो नाता रगतको भन्दा भावनाको नाता थियो, सबैंलाई माया, श्रदा र सम्मानले जोडेको थियो र त्यहा ल्याएको थियो ।
 
डलास फोटवर्थ क्षेत्रवरपर रहेको नेपाली समुदायमा उल्लेखनीय योगदान पुर्याउनुभएकि कमला शाक्यको निधनपछि उहाको सम्मानमा स्थापित कमला शाक्य फाउण्डेशनका लागि आर्थिक सहयोग जुटाउन कार्यक्रम आयोजना गरिएको थियो । मृत्यु सत्य हो, तर मर्नु अघि जन्मेको अर्थ समाजमा दर्साउन सक्दा मृत्युपछि भौतिक शरिर नरहेपनि बाचुञ्जेल गरिएको योगदानले समाजमा बचाइ राख्नसक्छ भन्ने छाप छोड्नुभएकि कमलाको निधनपछि उहालाई अन्तिम श्रदाञ्जली दिने कार्यक्रममा होस् या उहाको सम्झनामा आयोजित दिप प्रज्ज्वल कार्यक्रममा देखिएको उपस्थितिले यो समुदायमा सिद्द गरिदिएको थियो नैं गत आइतवार अझ दानका लागि देखिएको मनकारीको ओइरोले अझ त्यसलाई थप परिभाषित गरिदिएको थियो । 
 
कुरा गरेर होइन काम गरेर समाजमा योगदान दिनुपर्दछ । चर्चामा रहीरहने व्यवहार देखाएर होइन निस्वार्थ सेवा भावले पनि समाजले सम्झने  बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएकि कमलाको सम्मानमा जसरी यहाको समुदाय जुटेको छ । त्यो एउटा सधैंका लागि ज्वलन्त इतिहासको रुपमा रहेको छ ।
 
आइतवार शाक्य फाउण्डेशनका लागि आर्थिक सहयोग जुटाउन आयोजित कार्यक्रममा सहजिकरण गरिरहेका बाल जोशीले सहयोगका लागि अनुरोध गरि नसक्दैं त्यहा राखिएका टेवलमा बसेकाहरुको हात उठेको देखिन्थ्यो । एक पछि अर्को गर्दै टेबलहरुवाट सहयोगी हातहरु उठिरहदा लाग्थ्यो समाजले कमलाको भौतिक शरिर टाढा गएपनि उहाको आत्मालाई जोडिरहेको छ । उहाको मृत्युपछि पनि  उहालाई जोडिरहनुपर्ने आवश्यकताबोध समाजले गरिरहेको छ ।
 
दानविरहरुले छाती चौडा बनाउदैं जादा आयोजकले लिएको लक्ष्य भन्दा धेरैं सहयोग जुट्न पुग्यो । 
 
समाजले यसरी देखाएको सद्भावले आफुलाई  डुब्न चाहेर पनि डुब्न नदिने गरी गुन लगाएको कमलाका पती स्वयम्भु शाक्यले बताउनुभयो । भनिन्छ डुब्न लागेको बेला एउटा काटी नैं उज्यालो छर्न काफी हुन्छ, तर मेरो लागि जसरी कमलाको शवयात्रामा समाजको उपस्थिति रह्यो, क्यान्डल लाइटमा जस्तो उपस्थिति रह्यो, र जसरी सहयोग समेत संकलन भयो यसले हामीलाई अव समाजमा डुब्न चाहेर पनि डुब्ने छैनौं । उहाले भन्नुभयो समाज साच्चिकैं महान रहेछ, समुदायमा केही गर्न सक्दा समुदायले सधैं सम्झिनेरहेछ त्यो हाम्रो परिवारले फिल गर्न सकेको छ ।
 
श्रीमती बिरामी भएर अस्पतालको शैयामा रहदा ढाडस दिन समेत आफुले सञ्चो भएपछि एउटा ट्रष्ट खोलेर नेपालमा दिनदुःखीको सेवा गर्ने भन्ने गरेको स्मरण गर्दै शाक्यले भन्नुभयो नेपालमा रोग समेत पत्ता नलागी धेरैंको ज्यान गैरहेको छ, सके उपचार सेवा त्यो पनि नसके सचेतना दिन सक्दा मात्रैं पनि धेरैं हुन सक्छ भनेर हामीले ऊ बिरामी हुदा कुरा गर्दथ्यौं ।
 
तर आफ्नो परिवारको सोंच भन्दा पनि माथि उठेर यो समाजले फाउण्डेशन नैं खोलेर आर्थिक सहयोग जुटाएकोमा उहा समाजप्रति आफु आभारी रहेको बताउनुहुन्छ । उहाले उठेको रकमवाट फाउण्डेशनका अन्य साथीहरुसग मिलेर काभ्रेको धुलिखेल अस्पतालमा सर्भिकल क्यान्सरको लागि पहिचान गर्ने कल्पोस कपी नामक उपकरण खरिद गरीने जानकारी दिनुभयो ।
 
नेपालमा गर्भाशय क्यान्सर रोगीको उपचारमा सो उपकरण प्रभावकारी रहने फाउण्डेशनको विश्वास रहेको छ । अमेरिकामा मनाइने मदर्श डे को अवसर पारेर आयोजित कार्यक्रममा झण्डैं ३२ हजार अमेरिकन डलर संकलन भएको थियो । संकलित रकममा थप रकम परिवारको तर्फवाट राखेर उपकरण खरिद देखि अन्य सामाजिक सेवामुखी काम गर्ने फाउण्डेशन स्थापनामा सक्रिय सुरज पौडेलले जानकारी दिनुभयो ।
 
लामो समयदेखि गर्भाशय क्यान्सर सग जुधेकी कमलाको गत अप्रिल १८ मा निधन भएको थियो । पेशाले नर्श रहनुभएकि कमलाले नेपाली समुदायमा निशुल्क रुपमा स्वास्थ्य स्वंयसेविकाको रुपमा सहयोग पुर्याउनुभएको थियो । 

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार