मोदी भ्रमणपछि एमाले–माओवादी एकीकरण प्रक्रियामा चिसोपन

 मोदी भ्रमणपछि एमाले–माओवादी एकीकरण प्रक्रियामा चिसोपन

काठमाडौँ, जेठ १ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने औपचारिक राजकीय नेपाल भ्रमणपछि एकीकरणको अन्तिम प्रक्रियामा रहेका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीचको दूरी बढेको छ । यी दुई दलबिचको चुलिँदो अविश्वासले अघोषित रुपमा एकता प्रक्रिया स्थगन भएको छ । छिट्टै पार्टी एकीकरण गर्ने उद्घोष केही दिन अघिसम्म पनि गर्दै आएका यी दुई दलबीच अहिले केही दिनदेखि भने सम्वन्ध चिसिएको हो  
एमाले र माओवादीबीचको असमझदारी बढ्दै जाँदा दुवै पक्षबाट तिक्त अभिव्यक्ति समेत सार्वजनिक हुन थालेका छन् । यस्ता अभिव्यक्तिले झन् एकताको दूरी बढाएको छ ।  दुई पार्टीका अध्यक्षबीचको बैठक पनि पातलिँदै गएको गएको छ ।  

एमालेका केही नेताले माओवादी केन्द्रका नेता र मन्त्रीहरुका पछिल्ला अभिव्यक्तिले दुई दलबीच चिसोपना बढाएको स्वीकारेका छन् । माओवादीले पनि आफूहरुलाई बाइपास गर्न खोजेको भन्दै चिसोपन बढेको स्वीकार गरेका छन् । दुई पार्टीबीच मतभेद फराकिलो हुँदै गएको र यसले एकता प्रक्रियामा नै असर पार्न थालेको केही नेताहरुको निष्कर्ष छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार