भारतीय सांसदको अभिव्यक्तिप्रति काँग्रेसको ध्यानाकर्षण

भारतीय सांसदको अभिव्यक्तिप्रति काँग्रेसको ध्यानाकर्षण

काठमाडौं, जेठ १ । नेपाली काँग्रेसले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीट मार्फत् गरेको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

काँग्रेसले विज्ञप्ती जारी गर्दै दुई देश बीच सदियौंदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पुर्याउने अभिप्रायबाट आएको अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको उल्लेख गरिएको छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार