नवराज सिलवाल प्रकरणमा फेरि अनुसन्धान

नवराज सिलवाल प्रकरणमा फेरि अनुसन्धान

काठमाडौं, जेठ १ । एमाले सांसद एवं पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते अभियोगमा पुनः अनुसन्धान हुने भएको छ।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार सिलवालमाथिको अभियोगमा पुनः अनुसन्धान गर्नुपर्ने देखिएकाले यससम्बन्धी फाइल प्रहरी परिसर काठमाडौंलाई फिर्ता गर्न लागिएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता सूर्यराज दाहालले भने उक्त अभियोगमा अहिले कुनै पनि प्रक्रिया अघि नबढेको दाबी गरेका छन्। यो खबर आजको नागरिक दैनिकमा छ।

‘अहिले केही प्रक्रिया अघि बढेको छैन तर फाइल कि अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं जान्छ कि अदालतमा पेस हुन्छ । दुईमध्ये एक हुन्छ, त्यो छिट्टै हुन्छ।’
 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार