न्यू ह्यामसायरमा अनेसासको दोस्रो च्याप्टर सम्मेलन

न्यू ह्यामसायरमा अनेसासको दोस्रो च्याप्टर सम्मेलन

प्रभात भट्टराई

न्यूयोर्क । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को दोस्रो च्याप्टर सम्मेलन अमेरिकी उत्तरपूर्वी राज्य न्यू ह्यामसायरमा सम्पन्न भएको छ । न्यू ह्यामसायरको राजधानी सहर कङ्कर्डमा तीन दिनसम्म चलेको सम्मेलन आइतबार सम्पन्न भएको हो ।

अनेसास न्यू ह्यामसायर च्याप्टर अध्यक्ष कृष्ण गिरीको स्वागत मन्तव्यसहित शुक्रबार रात्रिभोजमार्फत सम्मेलनको सुरुवात भएको थियो । सम्मेलनको औपचारिक उद्घाटन भने आइतबार बिहान भयो । अनेसासका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा राज्यका गभर्नर क्रिष्टोफर टि सुनुनु प्रमुख अतिथि थिए । यस्तै, अतिथिका रुपमा अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा. श्याम कार्की, पूर्व अध्यक्षहरु किरण ढुंगाना, मोहन सिटौला, गीता खत्री उपस्थित थिए । राज्यका सिनेटर डेबिटि वाटर, ड्यान फिलेट्स लगायत अतिथि कार्यक्रमको निम्तालु थिए ।

अनेसासका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले सम्मेलनको उद्देश्यमाथि प्रकाश पारेपछि उद्घाटन कार्यक्रममा अनेसासका कृतिहरु अन्तरदृष्टि, प्रथम अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलनको स्मारिका र अनेसास क्यालेन्डर विमोचन गरिएको थियो । त्यसपछि अनेसास अध्यक्ष विश्वकर्मा र बोर्ड अफ ट्रष्टी अध्यक्ष डा. कार्कीले न्यू ह्यामसायर च्याप्टरलाई सम्मानपत्र प्रदान गरेका थिए । विश्वकर्मा र डा. कार्कीले अनेसास न्यु ह्यामसायर च्याप्टरका प्रधान सम्पादक ईश्वरीप्रसाद भट्टलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

कार्यक्रममा अनेसास विशिष्ट महिला साहित्य पुरस्कार गीता खत्रीले पाएकी थिइन् । डायस्पोरा महिला साहित्यकार सम्मान शकुन्तला ज्ञवाली एवम् अनेसास उत्कृष्ट पुस्तक पुरस्कार लालगोपाल सुवेदी र किरण ढुंगानाले पाएका थिए । कार्यक्रममा गभर्नर सुनुन, सिनेटरहरु वाटर र फिलेट्स, अनेसास संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्व अध्यक्ष गीता खत्री, बोर्ड अफ ट्रष्टी अध्यक्ष डा. कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अनेसास न्युह्याम्पसायर च्याप्टर अध्यक्ष गिरीले स्वागत एवम् न्युह्यामसायर च्याप्टरका संरक्षक उमेश कोइरालाले धन्यवाद ज्ञापन गरेको उद्घाटन कार्यक्रमलाई सभापति विश्वकर्माले मन्तव्यसहित समापन गरेपछि दोस्रो सत्रका रुपमा विश्व काव्य सम्मेलन सुरु भएको थियो ।

साहित्यबार डा. गोविन्दसिंह रावतको सभापतित्वमा सम्पन्न सत्रमा विभिन्न साहित्यकारले आफ्नो प्रस्तुती दिएका थिए । सत्रमा अनेसासका च्याप्टरहरुले प्रतिवेदन प्रस्तुत गरेपछि दोस्रो दिनको औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । तेस्रो दिन अनेसास उपाध्यक्ष भीमसेन सापकोटाको सकारात्मक सोचबारेको प्रस्तुतीसहित कार्यक्रम सुरु भएको थियो । अनेसासको संस्थागत विकास लागि प्यानल बहस एवम् नेतृत्व विकासबारे प्रस्तुती पनि तेस्रो दिन नै भएको थियो । त्यसबाहेक च्याप्टरहरुको न्यूनतम कार्यक्रम, कार्यपत्र र छलफलबारे पूर्वअध्यक्ष मोहन सिटौलाले प्रस्ुतती दिएका थिए

न्यू ह्यामसायर घोषणापत्र सार्वजनिक एवम् आजीवन सदस्य, सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गर्दै सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको विभिन्न चरणमा सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो । अमेरिका लगायत विभिन्न भूभागबाट आएका प्रतिभाहरुले नृत्य एवम् गायन प्रस्तुत  गरेका थिए । सम्मेलन समापनपश्चात् आइतबार साहित्यकार गीत खत्रीद्वारा लिखित चलचित्र प्रदर्शन गरिएको थियो ।

गत वर्ष क्यालिफोर्नियाको लस एन्जल्समा आयोजित पहिलो अन्तर्राष्ट्रिय अनेसास सम्मेलनको सफलतापश्चात् यस वर्ष न्यू ह्यामसायरमा दोस्रो च्याप्टर सम्मेलन आयोजना गरिएको हो ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार