नेजाको सदस्यता खुला

न्यूयोर्क । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले नयाँ सदस्यता तथा नवीकरणका लागि आह्वान गरेको छ । अधिवेशन अगाडि नयाँ सदस्यता वितरण तथा नवीकरण गरिसक्नुपर्ने भएकाले सदस्यता वितरण खुला गरिएको नेजाले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । नेजाको जुलाई २१ र २२ मा छैटौं अधिवेशनका लागि मे ३१ भित्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गरिसक्नुपर्ने छ ।

नेजाको विधानअनुसार अधिवेशनको एक महिना पहिले नै सदस्यता लिइसकेको, नवीकरण गरिसकेको र सदस्यता शुल्क तिरिसकेको सदस्यले मात्र आफ्नो मताधिकार प्रयोग गर्न, उम्मेदवार बन्न वा समर्थक, प्रस्तावक बस्न पाउनेछ । नेजाले नयाँ सदस्यताका लागि ७५ अमेरिकी डलर शुल्क तोकेको छ । नवीकरणका लागि भने ५० अमेरिकी डलर शुल्क लाग्नेछ । त्यस्तै, नेजाले आजीवन सदस्यता शुल्क भने ३ सय अमेरिकी डलर तोकेको छ ।

त्यसैले नयाँ सदस्यताका लागि मिडियामा प्रकाशित एवम् प्रसारित दुई वटा समाचार सामग्री तथा लेखसहित आफ्नो विवरण खुलाएर सदस्यता आवेदन भर्नुपर्नेछ । नयाँ सदस्यता लिन तथा नवीकरणका लागि http://www=neajausa=org/associate-and-general-member-form/ मार्फत् पनि भर्न सकिनेछ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार