गगन–ओली दोहारीः घुँडामा भ्वाङ परेको देखाउन गगनलाई ओलीको चेतावनी

गगन–ओली दोहारीः घुँडामा भ्वाङ परेको देखाउन गगनलाई ओलीको चेतावनी


 काठमाडौँ, वैशाख २ । नेपाली काँग्रेसका युवा नेता गगन थापा र प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरी सुरु भएको छ । थापाले संघीय संसद्मा प्रधानमन्त्री ओलीको आलोचना गर्दै भारतसँग लम्पसार पर्दा घुँडामा भ्वाङ परेको भनेका थिए । ओलीले आफू संस्थापक अध्यक्ष रहेको संगठन युवा संघ नेपालको २८ औँ स्थापना दिवसमा सहभागी हुँदै  गगनको आरोपको कढा प्रतिक्रिया दिए । ‘उहाँहरुको बोलाइ म सुन्दैछु, घुँडामा भ्वाङ र्पयो होला ‘मैले हजुर, यसपल्ट संविधान संशोधन सकिन । अर्का पल्ट गर्छु माफ पाउँ भनेको छु र घुँडामा भ्वाङ पर्नलाई ?’
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको विषयलाई लिएर विरोध गर्नेहरुको मानसिकता नै विरोधले ग्रस्त गरेको पनि आरोप लगाए । उनले भारतका विरुद्ध उफ्रन होइन, नेपालको हितको रक्षा गर्ने बर्तमान सरकारको काम भएको पनि दाबी गरे ।     
प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसँगको पार्टी एकताको सबै तयारी पूरा भइसकेकाले कुनै पनि बेला एकता घोषणा हुनसक्ने दाबी पनि गरे ।  एकतासँग जोडिएका सबै विषयको छलफल टुंगिसकेकाले तयारीका लागि दुई दिन समय राखेर कुनै पनि बेला एकताको मिति घोषणा हुनसक्ने ओलीले स्पष्ट पारे ।  
‘दुई÷तीन दिनको मिति राखेर कुनै पनि बेला पार्टी एकताको मिति घोषणा हुन्छ, सबै तयारी पूरा भइसक्यो, ‘एकता प्रक्रिया टुंग्याउन अब कुनै समस्या छैन, निकट भविष्यमै दुवै पार्टीबीच एकता हुँदैछ ।’
उनले अहिले पनि केही शक्ति एकीकरण नहोस भनेर लागेको भन्दै उहाँले पशुपतिनाथले उनीहरुलाई यस्तै पुकार गरिरहने शक्ति प्रदान गरुन भनी व्याङ्ग्य गरे ।  
कार्यक्रममा बोल्दै उनले प्रदेश २ नम्बरका मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा दिएको अभिव्यक्ति सरकारको आधिकारिक भनाई नभएको स्पष्ट पार्दै खण्डन गर्नुभयो । ‘प्रदेश २ को मुख्यमन्त्रीको अभिव्यक्ति नेपाल सरकारले जिम्मा लिँदैन । स्वागत गर्दा नीति बताएको हो कि, मति बिगारेको हो त्यो जे गरे पनि उहाँकै गल्ती भयो ।’ प्रधानमन्त्रीले भने ।    
कार्यक्रमा एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले ढिलाई हुँदै जाँदा पार्टी एकीकरणमा समस्या थपिदैं जानसक्ने भएकाले तत्काल  एकता प्रक्रिया टुंगो लगाउनुपर्ने बताए ।  ‘रात गए अग्राख पलाउँछ भन्ने नेपाली उखान जस्तै एकता प्रक्रिया टुंग्याउन ढिलो हुँदै गए समस्यामाथि समस्या थपिदैं जानसक्छ’, नेपालले भने,‘त्यसैले छिटोभन्दा छिटो एकता प्रक्रिया टुंग्याइहाल्नुपर्छ ।’ एकता प्रक्रियामा कुनै समस्या नभए पनि मिडियाले भाँडिए जस्तैगरी सम्प्रेषण गर्दा बाहिर गलत सन्देश प्रवाहित भएको भन्दै नेपालले तत्काल छलफल गर्ने बितिक्कै अविश्वास र आशंका अन्त्य हुने ठोकुवा पनि गरे ।
कार्यक्रममा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि पार्टी एकतामा जोड दिए ।  युवा तथा रोजगार मन्त्री गोकर्ण विष्टले प्रत्येक नेपाली युवालाई १ सय २० दिन रोजगारीको सुनिश्चितता गरेरै छाड्ने बताए । ‘आर्थिक वर्षबाट श्रमिकको न्युनतम पारिश्रमिक १५ हजार पु–याउँछौं, हरेक युवालाई १ सय २० दिनको रोजागरी सुनिश्चित गरेरै छाड्छौं’, युवा संघ नेपालको स्थापना दिवसमा आयोजित कार्यक्रममा मन्त्री विष्टले भने, कारले त्यस निम्ति नीतिगत योजनाका साथ कानुनी तयारी गरिरहेको छ ।’ कार्यक्रमा युवा संघका अध्यक्ष रमेश पौडेललगायतले पनि बोल्नुभएको थियो ।  
 

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार