विकास चाहियो भन्दै प्रदेश नम्बर–२ का सांसद् बालुवाटारमा

विकास चाहियो भन्दै प्रदेश नम्बर–२ का सांसद् बालुवाटारमा


काठमाडौं जेठ २ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्ना गुनासा लिएर प्रदेश–२ का सांसदहरुको सर्वदलीय डेलिगेसन बालुवाटार पुगेको छ ।  ओलीले ती सांसद्हरुसँग भेट गरेपछि सरकारले तिव्र विकास गर्न चाहेको बताए ।  प्रधानमन्त्री ओलीले देशको विकासका लागि हिमाल पहाड तराइका जनता एकताबद्ध भएर अघि बढ्नु पर्ने पनि बताए । ‘विकासका लागि अरुको मुख ताक्ने र दोष अरुलाई दिएर आफू उम्कने होइन,’ ओलीले भने, ‘विकाशका लागि आफैं अग्रसर हुनुपर्छ । अरुको मुख ताकेर पनि हुदैन ।’
 तराइको ठूलो जनसंख्या विदेशमा गएर काम गरिरहेकोले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममा लगाउनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । सरकार देशमा सुशासन,भ्रष्टाचार नियन्त्रण,शान्ती सुव्यवस्था कायम गर्न लागि परेको प्रधानमन्त्ती ओलीले बताए । प्रधानमन्त्री ओलीले देशमा कृषिबाट क्रान्ति सम्भव हुने बताउदै ‘हरेक प्रदेशमा विशेष जोनहरु स्थापना गर्नुपर्दछ,’ भन्नुभयो । देशमा प्रशासनिक खर्च धेरै भएर विकाशमा केही कठिनाइ भएको प्रधानमन्त्री ओलीको भनाई छ ।
सांसदहरुले प्रदेश नं २ मा कृषि तथा सिंचाइ,उद्योग,पर्यटन,यातायात,स्वास्थ्य,चुरे संरक्षण तथा नदी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए । यसैगरी शिक्षा तथा खेलकुद,महिला हिंसा,जनता आवास कार्यक्रम,अन्तराष्ट्रिय स्तरको सभाहल तथा प्रधानमन्त्रीसंग तराइ मधेस बिशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । भेटमा संघीय समाजवादी फोरमका सांसद् लक्ष्मणलाल कर्णलगायत पनि बालुवाटार पुगेका थिए ।  



 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा