भुवनको क्याप्टेन

भुवनको क्याप्टेन

छोरो अनमोल केसीको स्टार क्रेजबाट हौसिएका अभिनेता भुवन केसीले नयाँ चलचित्र क्याप्टेन निर्माण गरेका छन् । वर्षमा एउटा भए पनि चलचित्र बनाउने पक्षमा रहेका भुवन आफूभन्दा छोरोकै डिमाण्ड भएका कारण अनमोललाई नै हिरो बनाएर क्याप्टेनको निर्माण शुरु गरेको बताउँछन् । दिवाकर भट्टराई निर्देशक रहेको यस चलचित्रको पूर्वी नेपालको इलाम तथा अनमोल केसीको मावली मेचीपारि दार्जीलिङमा समेत धमाधम छायाङ्कन भइरहेको छ । फुटबल खेलाडीको कथामा आधारित चलचित्र क्याप्टेनमा अनमोलका साथमा दुई नयाँ नायिका उपासना सिंह ठकुरी र प्रियंका एमभी रहेका छन् । क्याप्टेनमा अभिनेता सरोज खनालको पनि बेजोड अभिनय रहेको छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार