छक्का पञ्जा–३ मा दीपिका

छक्का पञ्जा–३ मा दीपिका

सुपरहिट नेपाली चलचित्र छक्का पञ्जाको तेस्रो सिक्वेल छक्का पञ्जा–३ को निर्माण सुरु भएको छ । गत हप्ताको शुक्रबार बिहान भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा पूजाआजा गरेर यस फिल्मको छायाङ्कन आरम्भ गरिएको हो ।

छक्कापञ्जा ३ को छायाङ्कन काठमाडौं वरपरसहित चित्लाङ, दमौली र बाग्लुङमा गरिने निर्देशक दीपाश्री निरौलाले बताएकी छन् । निर्देशक निरौलाका अनुसार यस फिल्ममा बलिउडमा समेत चर्चित नेपाली चलचित्र ऐश्वर्यबाट डेब्यु गरेकी नायिका दीपिका प्रसाईंको समेत आगमन भएको छ । कथाले मागेपछि हाम्रो टिममा दीपिकाको आगमन भएको दीपाले भनेकी छन् ।

छक्कापञ्जा टिमसँग काम गर्न पाउँदा दीपिका पनि दंग देखिएकी छन् । आमा सरस्वती मुभिज प्रालि तथा आईएमईको प्रस्तुती रहेको फिल्म छक्कापञ्जा ३ मा दीपकराज गिरी तथा दीपिकासँगै जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाङ्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट, पुष्प खड्का र प्रियंका कार्कीको अभिनय रहने छ ।

जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी भान्जा, किरण केसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाईं, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेका छन् । फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ । छायाङ्कन पुरुषोत्तम प्रधानले गरेका हुन् ।

छक्कापञ्जा ३ को कथा दीपकराज गिरीको हो । संवाद लेखनमा दीपकसँग जीतु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठले सहकार्य गरेका छन् । फिल्मलाई यो वर्षको दशैंमा रिलिज गर्ने निर्माण टिमले घोषणा गरेको छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार