चर्चामा आश्मा

चर्चामा आश्मा

अहिले एलियन डान्सको रुपमा चर्चित डामे तु कोसिता नामको भिडियोमा नेपाली मोडल आश्मा विश्वकर्मा चर्चाको शिखरमा छन् । एलियनले जस्तै डान्स गर्ने होड संसारभर छ । नेपाली लोकप्रिय डान्स गु्रप ‘कार्टुन्ज क्रु’की एक मात्र महिला सदस्य आस्मा नाचेको भिडियो डेढ करोडभन्दा बढीले हेरेका छन् ।

डामे तु कोसिता च्यालेन्ज भिडियोमा उनी चर्चामा रहेकी हुन् । झण्डै २० वर्षअघि रेकर्ड भएको यस स्पेनिस गीतको अर्थ यौनजन्य क्रियाकलापसँग जोडिएको मानिन्छ । यसको अर्थ मलाई त्यो सानो चिज देऊ भन्ने हुन्छ । अहिले संसारभर यही भिडियोमा डान्स गर्ने कुरा भाइरल भइरहेको छ । ‘क्रु’मा आबद्ध सबैले उनलाई रानी भन्दै बोलाउने गरेका छन् । ‘क्रु’ मेम्बर सरोज अधिकारीसँग मायाप्रेममा रहेको बताइए पनि दुवै जनाले त्यसलाई अस्वीकार गर्दै आएका छन् । काठमाडौंकी स्थायी बासिन्दा आस्माले सरोजसँग आफ्नो कुनै मायाप्रेम नभएको बताएकी छन् ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार