दुई कम्युनिष्ट पार्टी बीच भोलि एकता हुने सम्भावना, ओली र प्रचण्ड दुबै समहत

 दुई कम्युनिष्ट पार्टी बीच भोलि एकता हुने सम्भावना, ओली र प्रचण्ड दुबै समहत


काठमाडौँ, जेठ २ । नेकपा एमाले र माओवादी केन्द्रबीच तत्काल पार्टी एकीकरण हुने भएको छ । आज बिहान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीचको छलफलले तत्काल एकता गर्ने सहमति जुटेको हो ।
दुई नेताबीचको बैठक बारे जानकारी दिँदै एमाले उपमहासचिव विष्णु पौडेलले आजको शीर्ष नेताबीचको छलफलमा तत्काल एकता गर्ने सहमति भएको जानकारी दिएका थिए । भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बिहीबार पार्टी एकता संयोजन समितिको बैठक बसेर एकताका लागि सहमति हुन बाँकी विषयलाई टुंग्याउने जानकारी दिएका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले पनि एकताका विषयमा धरै विषय सहमति भएको बताउँदै भोलि बस्ने एकता संयोजन समितिको बैठकले दुई नेताबीचको छलफलका विषयलाई निर्णायक बनाउने जानकारी दिएका थिए ।  
 दुई नेताको भेट लगत्तै एमालेले स्थायी कमिटी बैठक बोलाएको थियो भने माओवादीको पनि बैठक बसेको थियो । बैठकमा दुई नेताबीच भएको छलफलका विषय प्रधानमन्त्री ओलीले जानकारी गराएको एमाले स्थायी कमिटी सदस्य केशव बडालले जानकारी दिए ।   बैठकमा भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठक, केन्द्रीय समितिको बैठकका एजेन्डाका विषयमा पनि छलफल भएको पनि बैठकमा सहभागी बडालले जानकारी दिए ।  
पार्टी एकता गर्ने भन्दै गत वर्षको असोज १७ गते एमाले र माओवादीले वामपन्थी गठबन्धनको घोषणा गरेका थिए । दुई दलले विवादित विषयलाई महाधिवेशनमा लगेर टुंग्याउने गरी फागुन ७ गते पार्टी एकताको सैद्धान्तिक सहमति भएको थियो ।
सहमति अनुसार पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुनेछ । जसमा एमालेबाट २४१ जना हुनेछन् भने बाँकी २०० जना माओवादी केन्द्रबाट आउनेछन् । सहमतिअनुसार केन्द्रीय कमिटीमा माओवादीले ४५ प्रतिशत हुने छ ।  स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ । नेताहरुका अनुसार स्थायी कमिटीमा एमालेबाट २५ जना हुनेछन् भने माओवादीबाट १८ जना । चिन्ह सूर्य नै राख्ने सहमति भएको छ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार