चलचित्र निर्माता नै नक्कली पैसाको कारोवार गरेको आरोपमा पक्राउ

चलचित्र निर्माता नै नक्कली पैसाको कारोवार गरेको आरोपमा पक्राउ

काठमाडौँ, जेठ २ । प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेसहित चार जना नक्कली पैसाको कारोवार गरेको अभियोगमा पक्राउ परेका छन् । खाजा खाएर नक्कली पैसा तिर्दै गरेको अवस्थामा सुर्खेतका महेन्द्र बोगटी, सिन्धुलीका सुजित तामाङ, साजन तामाङ नयाँ वसपार्कबाट पक्राउ परेका थिएँ । उनीहरुकै बयानका आधारमा काठमाडौँका माधवराज वाग्ले, धादिङका प्रकाश सुवेदी र भक्तपुरका विवेक नापीतलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका चारढुंगेस्थित वाग्लेको कोठामा खानतलासी गर्दा रु दुई करोड ५२ लाख बरामद गरिएको प्रहरीको भनाई छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग हुने मेसिन सार्वजनिक गरेको हो । मेसिन र पैसा छाप्दै गर्दाको प्लेटसमेत प्रहरीले सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा परिसरका प्रमुख विश्वराज पोखरेलले सीधासाधा जनतालाई ठग्नका लागि नक्कली नोट छापेको अनुसन्धानमा खुलेको जानकारी दिए ।  होटल रेष्टुरेन्टमा पैसा तिर्ने, यौनकर्मीले प्रयोग गर्ने, जुवा खेल्न प्रयोग हुने, लागुऔषध कारोबारी हुने र सक्कलीमा मिसाएर नक्कली पैसा बजारमा जाने भन्दै सबैलाई सचेत रहनसमेत आग्रह गरे । राष्ट्रबैँकलाई समेत नक्कली पैसाबारे जानकारी गराइसकेको प्रमुख पोखरेलले जानकारी दिए ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा