विश्व ११ मा सन्दीप लामिछाने

विश्व ११ मा सन्दीप लामिछाने

काठमाडौ । गुगली ब्वाई उपनामले चर्चित नेपालका लेग स्पिनर सन्दिप लामिछाने विश्व ११ मा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले वेष्ट इन्डिजविरुद्ध हुने एक च्यारिटी म्याचमा लामिछानेलाई विश्व ११ मा सामेल गरेको जनाएको छ । 

गत वर्ष गएको आँधीका कारण जीर्ण बनेको क्यारेबियन क्षेत्रमा रहेको क्रिकेट स्टेडियमको पुनःनिर्माणका लागि हुने उक्त खेल हुन लागेको हो । उक्त खेल यही जेठ १७ गते(मे ३१ मा) इङ्ल्याण्डको लर्ड्समा हुनेछ । वेष्ट इन्डिज टी–ट्वान्टीको विश्वकप विजेता टोली पनि हो ।

बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण देखाई नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । भारतमा भएको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय सन्दिपकै लागि उक्त ऐतिहासिक खेल हुनेछ । त्यस्तै सन्दिप वेस्ट इन्डिजमै हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा पनि परेका छन् ।

विश्व ११ मा इयान मोर्गनले कप्तानीकै भूमिका निभाउनेछन् । त्यस्तै, उक्त टोलीमा सन्दिपसँगै पाकिस्तानी ब्याट्सम्यान साहिद अफ्रिदी, तमिम इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनघान, सोएब मल्लिक, हार्दिक पाण्ड्या, थिसारा परेरा र लुक रोचीले खेल्नेछन् ।

यस्तै वेष्ट इन्डिजको कप्तानमा भने कार्लोस ब्राथवेट छन् । उनको टोलीमा क्रिस गेल, मार्लोन सामुएल्स, एभिन लेविस, आन्द्रे रसेललगायत खेलाडी खेल्नेछन् ।

 

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार