काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम

  काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम



एजेन्सी । भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ ।

मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ । ‘केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र काश्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको छ,’ केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ट्वीटमा लेखेका छन्।

उनले यस निर्णयले शान्तिपूर्ण वातावरणमा रमजान पर्व मनाउन त्यस क्षेत्रका मुस्लिम समुदायलाई सघाउ पु¥याउने विश्वास लिइएको बताए ।
सरकारको तर्फबाट भएको युद्धविरामप्रति सरोकारवालाहरूबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको सिंहले उल्लेख ग्रेक्ँ छन्् ।   ।

भारत नियन्त्रित काश्मिरका मुख्य मन्त्री मेहबुब मुफतीले केन्द्रीय सरकारको निर्णयको स्वागत गरेका छन् ।  

यस्ता निर्णयले वार्ताको वातावरण बनेर दीर्घकालीन शान्ति स्थापनाका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।  
काश्मिरमा गत सन् १९८९ देखि दुई देशका बीच लडाई भइरहेको छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा