पुष्पलाल बाँचिरहेका भए खुशीले नाच्ने खालकै एकता गरेका हुन् त दुई कम्युनिष्टले ?

पुष्पलाल बाँचिरहेका भए खुशीले नाच्ने खालकै एकता गरेका हुन् त दुई कम्युनिष्टले ?

काठमाडौँ, जेठ ३ । प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने विषय इतिहास बनेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको घोषणा समारोहलाई सम्बोधन गर्दै उनले नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिइएको बताए ।
अध्यक्ष ओलीले (एमाले) र (माओवादी केन्द्र) बीचको एकता सामान्य प्रक्रिया नभई एकआपसमा अन्तरघुलित भएको भन्दै एकता ऐतिहासिक र महत्वपूर्ण रहेको बताए ।
एकता प्रक्रियाको महत्व र आवश्यकतालाई जोड दिँदै उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ बाँचिरहनुभएको भए आज खुशीले नाच्नुहुन्थ्यो ।’
‘बहुमतसहितको सरकार, प्रदेश र स्थानीय तहमासमेत हाम्रै बहुमत छ, नेपालको कम्युनिष्ट आन्दोलन यो रुपमा आइपुग्दा संस्थापक महासचिव कति खुशी हुनुहुन्थ्यो होला ?’ अध्यक्ष ओलीले भने ।  
उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अब शरदऋतु नभएको र सधैँ हराभरा हुने दिन शुरु भएको उल्लेख गर्दै ‘आजसम्म पनि एउटै कम्युनिष्ट पार्टीसँग बहुमत थिएन, अब एउटै
पार्टीको सरकार छ, एउटै को बहुमत छ, छवटै प्रदेशमा सरकार छ, पपुलर भोटको बहुमत छ, स्थानीय तहमा एक्लैको बहुमत पुग्छ, त्यसकारण हाम्रा अगाडि सुन्दर सपना छन्, ती सपना पूरा गर्नुपर्दछ,’ भने ।   
अध्यक्ष ओलीले अहंकारबाट मुक्त भएर देश निर्माणको महाअभियानमा एकजुट भएर अगाडि बढ्न आग्रह गर्दै छरिएका रहेका सबै कम्युनिष्ट महाअभियानमा सहभागी भएर योगदान पु¥याउनुपर्नेमा जोड दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै उनले  अनावश्यक दम्भ नगर्न आग्रह गरे। अध्यक्ष ओलीले अनावश्यक तर्क गरेर आफ्नै प्रतिष्ठा नघटाउन र जनताको माग एंव चाहनालाई सम्बोधन गर्नसमेत अनुरोध गरे ।  

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार