उखुको भुक्तानी रोकेको विरोधमा आन्दोलन गर्ने

उखुको भुक्तानी रोकेको विरोधमा आन्दोलन गर्ने

महोत्तरी । उखुको भुक्तानी अनिश्चितकालका लागि रोक्का गरिएको विरोधमा उखु उत्पादक कृषि संघ, रामनगर, महोत्तरीले चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट चिनी उद्योग, रामनगरले जेठ १ गते सार्वजनिक सूचनामार्फत अनिश्चितकालका लागि उखुको भुक्तानी रोक्का गरिएको जनाएको थियो ।

उखु उत्पादक कृषक संघ, महोत्तरीले बिहीबार मूलगेटमा बैठक बसी विभिन्न आन्दोलनको कार्यक्रम जारी गरेको हो । अध्यक्ष नरेशसिंह कुशवाहाले जारी गरेको सूचनाअनुसार जेठ ५ गते शनिबार सार्वजनिक रुपमा प्रचारप्रसार गर्ने, जेठ ६ गते दिउँसो २:३० बजेदेखि अनिश्चितकालको तालाबन्दी गर्नेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

जेठ ६ गतेका दिन चिनी मिलभित्र रहेको १ नं गेट, २ नं गेटमा तालाबन्दी निकासी, पैठारी बन्द गरिने अध्यक्ष सिंहद्वारा जारी गरिएको सूचनामा उल्लेख गरेका छन् ।

यता उद्योगले गत जेठ १ गते जारी गरिएको सार्वजनिक सूचनाअनुसार हाल स्टकमा ९० प्रतिशत चिनी बिक्री गर्न बाँकी रहेकाले सोबाट करीब रु २ सय करोड आम्दानी हुने भन्दै हालका लागि भने किसानलाई उखु भुक्तानी दिन असमर्थ रहेको जनाएको छ ।

रु. २ सय २२ करोड बराबरको उखु खरिद गरिएको जानकारी गराउँदै हालसम्म रु ५५ करोड रकम पेश्कीस्वरुप किसानलाई भुक्तानी दिइसकेको उद्योगका वित्त महाप्रबन्धक विमलचन्द्र ठाकुरले जानकारी दिए । रासस

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार