कङ्गोमा इबोलाको सङ्क्रमण भेटियो

समयमै नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनको आग्रह
कङ्गो, (एजेन्सी) । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फेरि इबोला भाइरसको संक्रमण देखा परेको स्वास्थ्य अधिकारीले जनाएका छन् । १० लाख जनसंख्या भएको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिए । इबोला संक्रमणका विरामी यहाँ पुनः देखा परेका हुन् । झण्डै १० लाख व्यक्तिको बसोबास रहेको उक्त सहरमा यो संक्रमण देखा परेकोले यसको प्रकोप बढ्न सक्ने त्रास बढेको जनाइएको छ ।
यसअघि यसै महिनाको सुरुमा ब्यान्डाका सहरभन्दा करिब १ सय ५० किलोमिटर टाढा अवस्थित ग्रामीण वस्तीमा इबोला संक्रमणका बिरामी देखिएका थिए । यस सक्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए ।
परीक्षणका लागि ४ हजार इबोलाको खोप बुधबार मात्र कङ्गो पु¥याइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको थियो । पश्चिम अफ्रिकामा सन् २०१४ मा इबोलाको महामारीको क्रममा सो खोपको परीक्षण सफल भएको विश्व स्वास्थ्य संगठनले थप जानकारी दिएको छ ।
कङ्गोमा यस प्रकार इबोलाको नयाँ सक्रमणबाट खराब अवस्था आउन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता प्रकट गरेको छ ।
यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले सहयोग गर्ने वाचा गरेको छ । त्यसबमोजिमका ८ हजार खोपमध्ये पहिलो किस्ताको ४ हजार खोप बिहीबार त्यहाँ पु¥याइएको छ ।
इबोला संक्रमित र उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिलाई सकेसम्म चाँडो खोप लगाउने विश्व स्वास्थ्य संगठन र कङ्गोका अधिकारीले जानकारी दिएका छन् ।
सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा देखिएको इबोलाको भीषण महामारी कङ्गोमा हाल देखिएकोले परिस्थिति खतरापूर्ण पनि हुनसक्ने अधिकारीहरुको भनाइ रहेको छ ।
पश्चिम अफ्रिकामा इबोला भाइरसको कारण करिब ११ हजार जनाको ज्यान गएको थियो । यसको सक्रमण प्रकोप २८ हजार व्यक्तिमा देखिएको बताइएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
अन्तरवार्ता
-
पार्टीको त यो हालत छ भने त्यही पार्टीको सरकारको हालत के होला ? मैले त फर्केर हेरेको पनि छैन
२०७५-११-२ ० बिचार / प्रतिक्रिया