वायु मापदण्ड पूरा नगरेका ६ देशविरुद्ध मुद्दा दायर गरिने

वायु मापदण्ड पूरा नगरेका ६ देशविरुद्ध मुद्दा दायर गरिने
पेरिसस्थित प्लेस डेला कन्कर्डेमा मास्क लगाएको एक स्टाचुको तस्वीर मार्च ३१, २०१८ मा कैद गरिएको हो । वायु प्रदूषण बढेको भन्दै प्रदर्शनकारीले विरोधस्वरुप स्टाचुलाई मास्क पहि¥याइदिएका हुन् । तस्वीरः एएफपी

ब्रसेल्स, बेल्जियम, (एजेन्सी) । यूरोपेली आयोगले जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य, इटाली, हङ्गेरी र रोमानियाले वायुको गुणस्तर मापदण्ड पूरा गर्न नसकेको भन्दै बिहीबार उनीहरूको मुद्दालाई अदालतमा लग्न लागिएको जनाएको छ ।

यूरोपेली संघ (इयू) को कार्यकारी निकायले यस अन्तर्गतका ६ मुलुकहरूलाई वायुको गुणस्तर मापदण्ड पूरा गर्न कदम चाल्न वर्षौंदेखि चेतावनी दिँदै आएको भए पनि गत जनवरीसम्मका लागि अन्तिम मौका दिएको जनाएको छ ।

तर, इयूका वातावरण मामिला आयुक्त कर्मेनु भेल्लाले ब्रसेल्समा एक पत्रकार सम्मेलनमा भने– ‘यूरोपमा बलियो अर्थतन्त्र भएका चार मुलुकसहितका ६ राष्ट्रले दिइएको समयसीमाभित्र मापदण्ड पूरा गर्न असफल भएका छन् । अब यस मुद्दालाई उनीहरूविरुद्ध अदालतमा लगिने छ ।’

भेल्लाले प्रस्ताव गरिएका थप उपाय निर्धारित वायुको प्रदूषणस्तरको मापदण्ड पूरा गर्न तत्कालै पर्याप्त नदेखिएकाले यसलाई अदालतमा पठाउने तयारी भएको छ,’ भेल्लाले भने ।

‘हामी योभन्दा अघि पर्खेर बस्न सक्दैनौं,’ उनले थपे । ब्रसेल्सले उनीहरूलाई पर्खिराख्ने अवस्थालाई अन्य धेरै वर्ष पर्खने नसक्ने अर्थात् मुद्दालाई अदालतमा लगिने उनको भनाइ थियो ।

उनले स्पेन, चेक रिपब्लिक र स्लोभाकियालाई जनवरीमा वायुका लागि इयूले निर्धारण गरेको स्तर भेट्ने गरी काम गर्नलाई अन्तिम मौका दिएको थियो ।

इयूले वायू प्रदूषणका कारण वार्षिक २४ अर्ब ७ करोड अमेरिकी डलर बराबरको स्वास्थ्य क्षेत्रमा खर्चिनुपरेको छ, तर यसलाई इयू सदस्य राष्ट्रलाई दिइएको वायु प्रदूषणस्तरलाई सुधार गर्नसकेमा घटाउन सकिने बताउँदै आएको छ । यूरोपमा हरेक चार जनामा तीन जना वायु प्रदूषणका कारण अल्पआयुमा ज्यान गुमाउने गरेका छन् ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार