सन्दीपको बलिङ आइपिएलमा चम्कियो

सन्दीपको बलिङ आइपिएलमा चम्कियो

डलास । नेपाली राष्ट्रिय टोलीका सदस्य लेग स्पिनर सन्दीप लामिछानेको बलिङ इन्डियन प्रिमियर लिगमा चम्किएको छ । इन्डियन प्रिमियर लिगमा सहभागि हुने पहिलो नेपाली खेलाडीको रुपमा इतिहास बनाएका लामिछानेले ३ वटा टोलीविरुद्व बलिङ गरेकोमा ५ विकेट लिएका छन् ।

दिल्ली डेयरडेभिल्समा अनुबन्धित उनले टोलीका लागि सुरुवाती खेल नखेलेपनि पछिल्ला खेलहरुमा पाएको अवसरमा सही सँवित गर्दै किफायती बलिङ गरी ५ विकेट लिएका छन् ।

पछिल्लो मुम्वई इन्डियन्स विरुद्वको खेलमा सन्दीपले ३ विकेटले लिदैं थप चर्चा कमाएका छन् । रोयल च्यालेन्जर्स बैंगलोर विरुद्वको खेलमा १ विकेट र चेन्नई सुपर किग्स विरुद्वको खेलमा किफायती वलिङ गर्दै एक विकेट लिएका उनले मुम्वई इन्डियन्स विरुद्व भने ३ विकेट लिए । यो खेलमा दिल्लि डेयर डेभियल्स ११ रनले विजयी भएको छ ।

प्रशिक्षक रिकी पोन्टिङले उनलाई सुरुमैं बलिङ गर्न पठाएकोमा त्यसमा न्याय गर्दै सन्दीपले मुम्वईका ओपनर ब्याट्सम्यान सुर्य कुमार यादवलाई आउट गरे भने अन्य ओभरमा केरन पोलार्ड र कुर्नाल पाण्डेलाई आउट गरेका थिए । उनले मुम्वई विरुद्व ३ विकेट लिदा चार ओभरमा ३६ रन दिएका थिए ।

सन्दीपले भारतीय राष्ट्रिय टोलीका सदस्य चेन्नइवाट खेलिरहेका सुरेश रैनालाई आउट गरेपछि उनको चर्चा बढेको थियो । उनी वेष्ट इन्डिज विरुद्व हुने मैत्रीपूर्ण खेलका लागि विश्व ११ मा समेत छानिएका छन् ।

सन्दीपलाई दिल्लिले २० लाखमा अनुबन्धित गरेको थियो । उनले १ खेलमा स्टाइलिस प्लेयर अफ द म्याच समेत बनी १ लाख भारतीय रुपैया समेत पाएका थिए ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार