डलासमा मिस नेपाल युएस हुने

डलासमा मिस नेपाल युएस हुने
डलास । छैंठौं मिस नेपाल युएसए अमेरिकाको टेक्ससको डलासमा आयोजना गरिने भएको छ । नेपालको इप्लानेट प्रा.लि.सगको सहकार्यमा इभेन्ट प्लानेट इन्कको आयोजनामा पाच वर्षदेखि हुदैं आएको मिस नेपाल युएसएको छैंठौं संस्करण  नेपाल ११ इन्टरटेइमेन्टको व्यवस्थापनमा टेक्ससको डलासमा आयोजना गरिने भएको हो ।

सन् २०११ म न्यूयोर्कवाट सुरु गरिएको प्रतियोगितालाई समयक्रमसगैं अमेरिकाको विभिन्न राज्यमा गर्ने सोच अनुसार यो वर्ष डलासमा गर्न लागिएको इभेन्ट प्लानेटका संस्थापक अमित शाहले जानकारी दिनुभएको छ ।

अमेरिकामा बस्नुहुने नेपाली मुलका युवतीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले सौन्दर्यता र बौद्धिकतालाई केन्द्रमा राखेर यसको परिकल्पना गरी प्रतियोगिता गर्दै आइएको उहाले बताउनुभयो । विजेतालाई ५ हजार नगर धनराशी राखिएको प्रतियोगिताको फाइनल चरणमा अगस्त १९ मा रहने छ । प्रतियोगितामा १९ देखि २९ वर्ष उमेरका नेपाली मुलका युवतीहरुले सहभागि हुन सक्ने सहभागिताका लागि मिसनेपालयुए डट कममा गई अनलाइन फारम भर्न सक्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितालाई सभ्य र भव्य वनाउन डलास क्षेत्रवरपर रहेका विभिन्न संघ संस्थाहरुसग समेत सहकार्य गरेर अघि वढ्ने स्थानीय व्यवस्थापन गरिरहेको नेपाल ११ इन्टरटेइमेन्टका प्रतिक सुवेदीले बताउनुभयो ।

प्रतियोगितामा हालसम्म पहिलो संस्करणमा डिसीकी सुजिता बस्नेत, दोस्रोमा भर्जिनियाकी आस्था श्रेष्ठ, तेस्रोमा बर्तिका राई, चौथोमा ओहायोकी खुश्वु मिश्र र पाचौंमा नर्थ क्यारोलिनाकी प्रियंका थपलिया विजेता बन्नुभएको थियो ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा