एउटा यस्तो प्रेम कहानीमा कविता र शक्ति

एउटा यस्तो प्रेम कहानीमा कविता र शक्ति

चलचित्र मनकामनामा अधरपान गरेर अत्यन्त चर्चामा आएका नायक शिव श्रेष्ठ र नायिका करिश्मा मानन्धरका सन्तान निर्माणाधीन एक चलचित्रमा नायक–नायिका बनेका छन् । नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी एकमात्र छोरी कविता मानन्धर ‘एउटा यस्तो प्रेम कहानी’मा नायक–नायिका बनेका हुन् ।

चलचित्र एउटा यस्तो प्रेम कहानी अभिनेता शिव श्रेष्ठले नै निर्माण गर्दैछन् । अमेरिकामा अध्ययन पूरा गरेकी कविताले पहिलो चलचित्र आफ्ना लागि एउटा अवसर भएको बताइन् । शिव श्रेष्ठ पुत्र शक्तिले सानैदेखिको हिरो बन्ने रहर अहिले आएर पूरा भएको बताए । ‘म सधैं नै बाबालाई कहिले हिरो बनाउने भनेर सोध्ने गर्थें । बाबाले समय आउँछ छोरा भन्नुहुन्थ्यो,’ अष्ट्रेलियामा अध्ययन गरेका शक्तिले भने, ‘बल्ल पालो आयो ।’

फिल्म ‘सन्तान’बाट नेपाली चलचित्रमा डेब्यू गर्दा अभिनेत्री करिश्मा १४ वर्षकी थिइन् । अहिले एक्लो सन्तान कविता यो फिल्ममा देखिँदा २१ वर्षकी भइन् । २६ वर्षको उमेरमा फिल्म ‘जीवनरेखा’मा शिव देखिँदा अहिले उनको छोरा शक्तिले २६ वर्षमै ‘एउटा यस्तो प्रेम कहानी’मा डेब्यू गरेका छन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा