मिचिगनमा जुट्दैं तेक्वान्दो परिवार

मिचिगनमा जुट्दैं तेक्वान्दो परिवार
 
विश्व न्यूज संवाददाता
मिचिगन । 
 
विश्वभर छरिएका तेक्वान्दो खेलका पूर्व तथा वर्तमान प्रशिक्षक, पूर्व खेलाडी तथा वर्तमान खेलाडी र तेक्वान्दो खेलप्रेमीहरु अमेरिकाको मिचिगनमा जुट्ने भएको छन् । नेपालमा तेक्वान्दो खेलको विकासका लागि पुर्वाधारमा निर्माणमा सहयोग गर्दै खेलाडीलाई अवसरको निर्माण गरिदिने उद्देश्यसहीत स्थापित युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) को साधारणा सभा तथा अधिवेशनको क्रममा तेक्वान्दो परिवार मिचिगनमा जुट्ने भएको हो । संस्थाले स्थापनादेखिनैं नेपालमा तेक्वान्दो खेलको विकासमा सहयोग गर्दै आएको छ । 
आउदो २५ देखि २८ सम्म हुने तेस्रो साधारण सभामा अमेरिकाका साथैं विश्वभर रहनुहुने तेक्वान्दो खेल सग जोडिने अनटिएफका सदस्यहरु मिचिगन आउने संस्थाका महासचिव एवं साधारणसभा आयोजक समिति संयोजक लव गोर्खालीले जानकारी दिनुभयो । आनटिएफको भावी कार्य दिशा र कार्यक्रम तय गर्दै तेक्वान्दो खेलको विकासमा कसरी लाग्ने भन्ने विषयमा साधारण सभामा छलफल हुने र नया नेतृत्व समेत छानिने उहाले बताउनुभयो । 
साधारण सभा सफल पार्न पूर्व राष्ट्रिय प्रशिक्षक गोर्खालीको संयोजकत्वमा १७ सदस्यीय समिति समेत बनाइएको छ । मुल समिति पछि अन्य उपसमितिहरु समेत निर्माण गरी काम अघि वढाइएको र कार्यक्रमलाई प्रभावकारी वनाउन सबैं लागिएको मुल समितिका सदस्य एवं आर्थिक उपसमितिका संयोजक पूर्व राष्ट्रिय प्रशिक्षक जगनलाल श्रेष्ठ (विपिन) ले जानकारी दिनुभयो ।  
कार्यक्रम सफल पार्न नारायण भट्टराइको संयोजकत्वमा वसोवास व्यवस्थापन उपसमिति, मोहन पौडेलको संयोजकत्वमा भोजन व्यवस्थापन उप समिति,महेश थापाको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, छवि लामिछानेको संयोजकत्वमा सांस्कृतिक उपसमिति, अमुल गोर्खालीको संयोजकत्वमा खेल प्रदर्शनी उप समिति बनाइएको छ । त्यस्तै साधारणसभा दर्ता एवं स्वयंसेवा उप समितिको संयोजकमा शुभम जङ्ग केसीलाई जिम्मेवारी दिइएको छ भने तस्विर तथा भिडियो उप समितिको जिम्मेवारी आशिष श्रेष्ठ र आशिष लामिछानेले तथा सञ्चार उप समितिको जिम्मेवारी राजु थापालाई दिइएको संस्थाले जनाएको छ । 
अमेरिका लगायत नेपाल वाहिर तेक्वान्दो खेलका पुर्व प्रशिक्षक तथा खेलाडीको ठूलो संख्या रहेको छ । नेपाललाई अन्तराष्ट्रिय पदक दिलाउने महत्वपूर्ण खेल भित्र पर्ने तेक्वान्दोका पूर्व प्रशिक्षक र खेलाडीले अमेरिका लगायत विभिन्न देशमा तेक्वान्दो एकेडेमी समेत संचालन गरिरहेका छन् । अमेरिका र क्यानडामा समेत दर्जनको संख्या एकेडेमी नेपालीको रहेको छ भने पदक धारी खेलाडी र प्रतिष्ठित प्रशिक्षकको संख्या समेत ठूलो रहेको छ । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा