१३औं पटक उचाले रियलले युइएफए च्याम्पियन्स ट्रफी

१३औं पटक उचाले रियलले युइएफए च्याम्पियन्स ट्रफी

स्पेनिस महारथी क्लब रियल म्याड्रिडले १३औं पटक युइएफए च्याम्पियन्स लिगको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । च्याम्पियन्स लिग–२०१८ को फाइनलमा लिभरपुललाई ३–१ गोल अन्तरले पन्छाउँदै रियलले जित हात पारेको छ । सब्सटिच्युट खेलाडी ग्यारेथ बेल चम्किँदा रियलले सजिलै जित दर्ता गरेको हो । योसँगै रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि उचालेको छ ।

युक्रेनको किभ शहरमा सम्पन्न फाइनल खेलमा रियल म्याड्रिड अधिकांश समय हावी भएको थियो । ७० हजार दर्शक क्षमता भएको एनएससी ओलिम्पियस्की स्टेडियममा सम्पन्न खेलको ३०औं मिनेटमा लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह घाइते हुँदै बाहिरिएपछि खेलमा रियलले आफ्नो पकड जमाएको थियो । ३५औं मिनेटमा रियलका राइटब्याक डिफेन्डर ड्यानी कार्भाजल पनि घाइते हुँदै बाहिरिएका थिए । दुवै टिमले पहिलो हाफमा राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न असफल रहे ।

खेलको ५१औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियलले १–० को अग्रता लिएको थियो । लिभरपुलका जर्मन गोलकिपर लोरिस करियसले आफ्नो खेलाडीलाई पास दिन लागेका बेला नजिकै रहेका बेन्जेमाको खुट्टामा लागेर गोल हुन पुगेको थियो । तर, लिभरपुलले ४ मिनेटपछि नै खेल बराबरीमा ल्याएका थिए । लिभरपुलका लागि ५५औं मिनेटमा प्राप्त कर्नर किकलाई सदुपयोग गर्दै सेनेगलका स्ट्राइकर साडियो मानेले गोल गरेका थिए ।

तर, रियललाई धेरै समयसम्म लिभरपुलले रोक्न सकेन । ६४औं मिनेटमा अर्को गोल थप्दै रियलले खेल आफ्नो पक्षमा पार्न सफल भयो । इस्कोलाई परिवर्तन गर्दै ६१औं मिनेटमा मैदान प्रवेश गरेका रियलका ग्यारेथ बेलले एक्रोब्याटिक किकको मद्दतले गोल गरेका थिए । लेफ्टब्याक डिफेन्डर मार्सेलोको क्रसमा उनले सुन्दर गरेका थिए । त्यसैगरी ८२औं मिनेटमा बेलले अर्को गोल थप्दै ३–१ को स्कोर पु¥याए । ३० यार्ड टाढाबाट बेलले प्रहार गरेको बललाई लिभरपुलका गोलकिपरको गल्तीका कारण गोलमा परिणत भएको थियो ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार