वाटसनको शतकमा चेन्नईलाई उपाधि

वाटसनको शतकमा चेन्नईलाई उपाधि
 
विश्व न्यूज संवाददाता
डलास । 
 मुम्वईमा भएको फाइनलमा पहिला ब्याटिङ गर्दै हैदरावादले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १ ओभर ३ वल बाकी छदा हासिल गरेको थियो । 
चेन्नईलाई उपाधि दिलाउने क्रममा वाट्सनले ५७ बल खेल्दैं ८ छक्का र ११ चौकाको मद्दतले शतकीय पारी खेलेका थिए । उनलाई दोस्रो विकेटका लागि सुरेश रैनाले साथ दिएका थिए । रैनाले ३२ रन जोडेका थिए । 
यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले केन विलिमसनको ४७, युसुफ पठानको अविजित ४५ र शिखर धवनको २६ रनको मद्दतमा ६ विकेट गुमाएर १ सय ७८ रन जोडेको थियो । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार