आरोहीको सिनेयात्रा

आरोहीको सिनेयात्रा

चलचित्र ‘हैरान’बाट नेपाली सिनेक्षेत्रमा डेब्यु गरेकी नायिका आरोही शर्मा अहिले चर्चाको शिखरमा छन् । काठमाडौंकी स्थानीय आरोहीले चलचित्रमा अभिनयका लागि आफ्नो फाइनल परीक्षासमेत छाडिदिएकी छन् । चलचित्रका लागि उनले चार महिना पढाइ छाडेकी थिइन् । पढाइ सकेर उनी चलचित्र क्षेत्रमै सक्रिय हुने बताएकी छन् ।

मेकअपमा ध्यान दिने आरोहीले फाउण्डेसन, आइल्याण्डर र लिपिस्टिक कहिल्यै छुटाउँदिनन् । नियमित जिम जाने उनले डान्स क्लाससमेत लिने गरेकी छन् । सानो कुरामा खुसी र सानो कुरामा दुःखी हुने उनको बानी छ । अहिलेसम्म कसैले पनि प्रेम प्रस्ताव नराखेको उनको भनाइ छ । सबै कुरामा उनलाई सपोर्ट गर्ने केटा आरोहीले खोजेकी छन् ।

सर्वनाम थियटर नाटक घरबाट तीन महिने अभिनय कोर्स पूरा गरेर आरोहीले चलचित्रको आरोहण शुरु गरेकी हुन । त्यसैले पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा उनको निकै चर्चा हुने गरेको छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा