आइसक्रिम कम्पनीबाट एच–१बी वा ग्रीनकार्ड प्राप्त गर्न सम्भव छ ?

आइसक्रिम कम्पनीबाट एच–१बी वा ग्रीनकार्ड प्राप्त गर्न सम्भव छ ?
रमेश श्रेष्ठ

गएको मे महिनामा एमबीए सकेर १ वर्षका लागि आउँदो जुलाईसम्म ओपीटीमा रहन्छु । १० वर्षदेखि सञ्चालनमा रहेको एउटा आइसक्रिम फ्रेन्चाइज कम्पनीले मलाई म्यानेजर पदमा एच–१बी भिसा वा ग्रीनकार्डका लागि स्पोन्सर गरिदिन्छु भनेको छ । म आफ्नो पढाइको क्षेत्रमा काम खोजिरहेको छु । र, यस्तो फ्रेन्चाइज आइसक्रिम कम्पनीबाट एच–१बी वा ग्रीनकार्ड प्राप्त गर्न सम्भव छ कि छैन भनेर म अन्योलमा परेको छु । यदि सम्भव भए म यो पसलमा फुलटाइम म्यानेजरको हैसियतले काम गर्न तयार छु । सही सल्लाहका लागि मद्दत चाहन्छु ।

– नुतन राना, अमेरिका

तपाईंको प्रश्नलाई विश्लेषण गर्दा, तपाईंले दुई वटा अध्यागमनसम्बन्धी सुविधा प्राप्त गर्न खोज्नुभएको देखिन्छ– (१) एच–१बी भिसा र (२) ग्रीनकार्ड वा पर्मानेन्ट रेसिडेन्ट स्टाटस ।

एच–१बी भिसाको हकमा तपाईंले एमबीए डिग्री हासिल गरेकाले तपाईं एच–१बी भिसाका लागि योग्य उम्मेदवार हुन सक्नुहुनेछ । तर, तपाईंको स्पोन्सर कम्पनी एउटा फ्रेन्चाइज आइसक्रिम कम्पनी भएकाले जनरल म्यानेजरको पद अफर गरे पनि उक्त पद र कम्पनी एच–१बी भिसाका लागि योग्य नहुन सक्छ । अर्थात् जनरल म्यानेजर पोजिसन तपाईंको कम्पनीको व्यापारको प्रकृति र कामको जटिलता हेर्दा ब्याचलर्स डिग्री नै कम्तीमा हुनुपर्ने आवश्यकता देखाउन सकिंदैन । एच–१बी भिसाको हकमा त्यस्तो पोजिसन, काम वा पदहरु जो ‘स्पेसियालिटी अकुपेसन’ हुन्छ, त्यस्ता कामका पदहरुलाई मात्र प्रदान गर्न सकिने कानूनी प्रावधान रहेको छ । आइसक्रिम पार्लरको जनरल म्यानेजर पोजिसनका लागि बीए वा सोसरहको नै शैक्षिक योग्यता हुनुपर्ने र सोभन्दा कम जस्तै– हाइस्कुल वा एसोसियट डिग्रीले सो काम सम्हाल्न नसक्ने भनेर स्थापित गर्न मुस्किल हुने भएकाले गर्दा एच–१बी भिसा प्राप्त गर्न असम्भव नै जस्तो हुन सक्छ । त्यसैले एच–१बी भिसाका लागि गाह्रो हुन सक्छ ।

तर, ग्रीनकार्डका लागि स्पोन्सर भने सम्भव हुन सक्छ । किनभने ग्रीनकार्ड प्रोसेसिङको कानून छुट्टै भएकाले कुनै कुनै पनि काम, पद वा पोजिसनका लागि अमेरिकी कम्पनी वा व्यक्तिले विदेशी नागरिकलाई स्थायी कामका लागि स्पोन्सर गर्न सक्ने कानूनी प्रावधान भएकाले यसतर्फ विचार पु¥याए हुन्छ । रोजगारीको आधारमा प्राप्त गरिने ग्रीनकार्डको प्रक्रिया जटिल र लामो समयावधि लाग्ने भएकाले प्रत्यक्ष कानूनी सल्लाह वा मद्दत लिनुहुन सुझाव छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा