"संस्कृतिको हस्तान्तरण जरुरी”

"संस्कृतिको हस्तान्तरण जरुरी”
 
विश्व न्यूज संवाददाता
डलास । 
लायन्स इन्टरनेशल डिष्ट्रिक्ट फोर सी थ्रि क्यालिफोर्नियाका गर्भनर राजेन थापाले अमेरिकामा हुर्किरहेको नेपाली वालबालिकालाई भाषा, संस्कार र संस्कृति हस्तान्तरण गर्नु जरुरी रहेको बताउनुभएको छ ।
अमेरिकामा हरेक क्षेत्रमा विस्तारैं नेपालीको सहभागिता बढिरहेको बताउदैं उहाले यो सगैं हाम्रो परिचयको रुपमा रहेको भाषा, संस्कार र संस्कृतिको समेत हस्तान्तरण गर्नुपर्ने आवश्यकता बढेर गएको बताउनुभयो । 
 नेपाली समाज टेक्ससले संचालन गरिरहेको नेपाली पाठशालामा अध्ययनरत वालबालिकाको पहिलो सत्र समापन पछि उनीहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्नुहुदैं आइतवार गर्भनर थापाले विस्तारैं नेपालीको परिचय फराकिलो बन्दैं गएकोमा जोड दिनुभयो । अमेरिकामा विभिन्न ठाउमा नेपाली पाठशाला संचालन हुनु निकैं सकारात्मक पक्ष भएको बताउदैं उहाले सबैंको साथ यसमा आवश्यक रहेको उल्लेख गर्नुभयो । 
समाजका अध्यक्ष सुमन थापाले वालवालिकालाई सहज हुने गरी कक्षा संचालन गर्ने तर्फ समाजको जोड रहेको बताउदैं सजिलो गरी हाम्रो भाषा, संस्कृति र संस्कार वालबालिकामा पुऱ्याउने समाजको धेय रहेको उल्लेख गर्नुभयो । 
समाजकी महिला संयोजक आयशा ओझा र विद्यालय संयोजक अनुपम घिमिरेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार