विज्ञ भेलामा पर्यटन मन्त्री आउने, तयारी अन्तिम चरणमा

विज्ञ भेलामा  पर्यटन मन्त्री आउने, तयारी अन्तिम चरणमा
 
विश्व न्यूज संवाददाता
डलास । 
क्यालिफोर्नियाको सानफ्रान्सिस्को शहरमा आउदो जुन १६ र १७ मा हुने गैर आवासीय नेपाली संघ उत्तर अमेरिका क्षेत्रीय विज्ञ भेला तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । 
एनआरएनए आइसिसी र एनआरएनए अमेरिकाको संयुक्त पहलमा आयोजना हुने विज्ञ भेला तथा साधारण सभाको लागि आवश्यक प्रवन्ध मिलाइसकिएको आयोजकले जनाएका हुन् । नेपाल सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीको आतिथ्यता रहने भेलामा झण्डैं ५ सय बढीको सहभागिता रहने एनआरएनए आइसिसी उत्तर अमेरिका क्षेत्रीय संयोजक गौरी जोशीले जानकारी दिनुभएको छ । 
देश वाहिर रहेका नेपालीको अनुभव, उर्जा, योजना, विज्ञता र क्षमतालाई नेपालको विकास र समृद्दिमा कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले विज्ञ भेला गर्न लागिएको एनआरएनए आइसिसीले जनाएको छ । उत्तर अमेरिका हुदैं अन्य क्षेत्रमा समेत यस्ता भेलाको अयाोजना गरी तत्पश्चात विश्व भेला गरी ठोस निष्कर्ष निकाल्ने र यस्ता भेला नेपालको विकास र समृद्दिका लागि उपयोगी बन्ने विश्वास सहीत नेपाल सरकारसग मिलेर काम गर्ने योजना रहेको एनआरएनए आइसिसीले उल्लेख गरेको छ ।
आइसिसीको पहिलो क्षेत्रीय विज्ञ भेला  उत्तर अमेरिकामा रहेका देशहरुलाई समेटेर आयोजना गरिएको र यो भेलामा वहुआयामिक महत्वका क्षेत्रमा विज्ञता हासिल गर्नुभएका व्यक्तित्वहरुको सहभागिता रहने क्षेत्रीय संयोजक जोशीले बताउनुभयो । भेलामा विषयगत ढंगवाट छलफल अघि बढाउन र भेलालाई विषय केन्द्रीत गर्न आन्तरिक रुपमा निर्माण गरिएका विभिन्न समितिले काम गरिरहेको उहाले जानकारी दिनुभयो । 
नेपालको प्रशासनिक अवस्थामा संघीय संरचनामा गएको अवस्थामा यो भेला अझ फलदायी हुने अपेक्षा राखिएको बताउदैं भेला र त्यसपछि हुने एनआरएनए अमेरिकाको साधारणसभामा उपस्थित हुन सम्पूर्णमा एनआरएनए आइसीसी क्षेत्रीय संयोजक गौरी जोशी, एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, विज्ञ भेला संयोजक डिल्लि भट्टराई, साधारण सभा संयोजक उमा कार्कीले सबैंमा आग्रह गर्नुभएको छ । 
एनआरएनए आइसिसी अध्यक्ष भवन भट्ट, पदाधिकारीहरु, नेपाल सरकारका अधिकारीहरु, योजनाविद्हरु एवं अमेरिकामा विभिन्न राज्यमा वस्नुहुने बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहने कार्यक्रममा सहभागिता जनाउन उहाहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सबैंमा आग्रह गर्नुभएको हो ।
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार