बाल्टिमोरमा साकेला कार्यक्रम सम्पन्न

बाल्टिमोरमा साकेला  कार्यक्रम सम्पन्न
 
विश्व न्यूज संवाददाता
बाल्टिमोर । 
युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोखा अमेरिका )केन्द्रिय समिति र डी एम भी पी  डी सी ,मेरिल्याण्ड,भर्जि्निया,पेन्सिल्भानिया   च्याप्टरको संयुक्त  आयोजनामा  मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भब्य रुपमा साकेला कार्यक्रम सम्पन्न भएको छ । 
सो अवसरमा बोल्नुहुदैं नेपालको लागी अमेरिकी राजदुत डा अर्जुन कार्कीले  किराती राई हरुको सस्कृति साकेला चाड किराती राई हरुको मात्र नभएर यस्ता संस्कृति नैं हाम्रो देशको परिचय भएको बताउनुभयो ।  अ
सो अवसरमा संस्थाका  सभापति बिष्णु राईले किरात भूगोल ,इतिहास ,सभ्यता र पहिचान भएको बताउदैं यसलाई अन्तररास्ट्रियकरण गरिनुपर्नेमा जोड दिनुभयो ।  सो अवसरमा   एन आर एनका पूर्व अध्यक्ष तथा संस्थाका सल्लाहकार  शिब कुमार राइले किराती हरु जहा रहे पनि आफ्नो सस्कृति बचाई राखन र उक्त सस्कृतिलाई भावी पुस्तामा हस्तान्तरण गर्दै जानु पर्नेमा जोड दिनुभयो । 
उक्त कार्यक्रमको संयोजक तथा संस्थाका पुर्व केन्द्रिय सभापति  मिलन राईले स्वागत गर्नुभएको कार्यक्रममा सहभागी हरुलाई धन्यवाद  संचार संयोजक  सुरेश चामलिंगले राख्नुभएको कार्यक्रममा संस्थाका पुर्व महासचिव प्रेरणा राई, डी एम भी पी च्याप्टरका  बोर्ड चेयर प्रकाश राई, ले साकेला पर्वको महत्व माथि प्रकाश पार्नुभएको थियो ।  सो अवसरमा भएको संस्थाको साधारण  सभामा  च्याप्टरको प्रगति  प्रतिवेदन   च्याप्टरको अध्यक्षहरुले प्रस्तुत गर्नु भएको थियो । संस्थाको न्यु इंग्ल्याण्ड च्याप्टर अध्यक्ष मुक्ति नारायण राइले च्याप्टरको प्रगति  प्रतिवेदन सहित आर्थिक प्रतिवेदन  प्रस्तुत  गर्नु भएको  थियो ।  उक्त सभामा केन्द्रिय उप सभापति मुना राईले बिगतको समिक्षा गर्नु हुदै भावी योजनामाथि प्रकाश पारेको बाल्टिमोरवाट सुरेश चाम्लिङले जानकारी दिनुभयो । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार