मनीषा कोइराला फेरि बलिउडमा

मनीषा कोइराला फेरि बलिउडमा

एक समय बलिउडमा राज गरेकी नेपाली नायिका मनीषा कोइरालाले फेरि तेलेगु चलचित्र प्रस्थानमको रिमेकमा काम गर्ने भएकी छन् । सञ्जय दत्त प्रोडक्सनले बनाउन लागेको रिमेकमा दत्तसँग मनीषाले अभिनय गर्ने भएकी हुन् । काठमाडौंमा सन् १९७० मा जन्मिएकी उनी नेपाली मूलकी भारतीय अभिनेत्रीको रुपमा चर्चामा छन् । उनले हिन्दी चलचित्रमा मात्र नभएर नेपाली तमिल, तेलेगु, मलायलम लगायत चलचित्रमा काम गरेकी छन् । उनी भारतनाट्यम र मणिपुरी नृत्यका लागि भारतमा चर्चित छन्  ।

विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी र सिद्धार्थ कोइरालाकी दिदीका रुपमा पनि परिचित मनीषा नेपाली व्यवसायी सम्राट दाहालसँग विवाह गरेका थिए । उनले सम्राटसँग दुई वर्षपछि नै सम्बन्ध विच्छेद गरिन् । सम्बन्ध विच्छेदलगत्तै उनलाई क्यान्सरले समात्यो । क्यान्सरलाई पछार्दै उनले पुनर्जीवन प्राप्त गरिन् । अमेरिकाको न्यूयोर्क युनिर्भसिटीबाट उनले चलचित्र निर्माणमा डिप्लोमा कोर्स पूरा गरेकी छन् ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार