भुपेन्द्रले भने अरुसग हास्दैं बोल

भुपेन्द्रले भने अरुसग हास्दैं बोल
 
विश्व न्यूज संवाददाता
डलास ।
 लामो समयदेखि सांगितिक क्षेत्रमा सक्रिय गित रचनाकार भुपेन्द्र  न्यौपानेले आफ्नो म्युजिक भिडियो मार्फत सांगितिक वजारमा पाइला अघि बढाएका छन् । दर्जनौं गित रचना गरेका न्यौपानेले आफ्नो रचनालाई पहिलो पटक पर्दामा उतारेका हुन् । अरु सग नाम दिइएको उनको पहिलो म्युजिक भिडियोमा निरज वराल, सुमी सिलवाल,  नविन अधिकारी लगायतको अभिनय रहेको छ । 
टेक्ससको डलास वरपरका विभिन्न क्षेत्रमा म्युजिक भिडियो छायाकंन गरिएको थियो । अरुसग हास्दैं बोल शिर्ष गितलाई यु ट्युवमा पनि राखिएको जानकारी दिदैं रचनाकार न्यौपानले भिडियो हेरी प्रतिक्रिया दिन सबैं संगित प्रेमीमा आग्रह गर्नुभएको छ ।  
८८४८ संचार गृहको निमार्ण र पाइनापल क्रियसनले पोष्ट प्रोडक्सन गरेको म्युजियो  भिडियो निर्माण निर्देशनमा निर्देशक नारायण पुरी र शंकर घिमिरेको सहयोग रहेको भुपेन्द्रले जानकारी दिनुभयो । 
गितका शब्द शब्दले मन छुने बताउदैं निर्देशक घिमिरेले न्यौपानेको सांगितिक यात्रा धेरैं अघि बढ्ने विश्वास आफुले लिएको बताउनुभयो । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार