अनटिएफको साधारणसभा, अध्यक्षमा प्रधान

अनटिएफको साधारणसभा, अध्यक्षमा प्रधान
 
विश्व न्यूज संवाददाता
डलास । 
नेपाल बाहिर बस्ने नेपाली तेक्वान्दो खेलसग जोडिएका पूर्व प्रशिक्षक, खेलाडी तथा शुभेच्छुकहरुको संस्था युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेरशन (अनटिएफ) को तेस्रो साधारण सभा मिचिगनमा हालै सम्पन्न भएको छ । साधारण सभाले तेक्वान्दोका पूर्व प्रमुख प्रशिक्षक सन्तोष प्रधानको नेतृत्वमा २३ सदस्यीय समिति चयन गरेको छ । 
साधारण सभाले नेपालमा तेक्वान्दो खेलको विकासका लागि पाच बुदे संकल्प योजना समेत तय गरेको महासचिव लभ गोर्खालीले जानकारी दिनुभयो । नेपालको ग्रामिण क्षेत्रसम्म तेक्वान्दो खेलको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्नेदेखि खेलाडीहरुलाई आवश्यक सहयोग तथा अवसर निर्माणमा अनटिएफले काम गर्ने उहाले बताउनुभयो । 
साधारणसभामा सहभागि गैर आवासीय नेपाली संघका उत्तर अमेरिका क्षेत्रीय संयोजक गौरी राज जोशीले प्रवास रहेर नेपाली तेक्वान्दोको खेलको विकासमा लागिरहेको अनटिएफ र एनआरएनएले सहकार्य गरेर काम गर्न सक्ने थुप्रैं क्षेत्रहरु रहेकाले मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 
सो अवसरमा एनआरएनए अमेरिकाका खेल क्षेत्र संयोजक चन्द्र लामा, एनआरएनए आइसीसी सदस्य धर्म भट्टराई, अमृत भट्टराई लगायतले बोल्दैं खेलकुदको विकासमा मिलेर अघि वढ्नुपर्ने आवश्यकता औल्याएको अनटिएफका आर्थिक उपसमिति संयोजक जगनलाल श्रेष्ठले बताउनुभयो । 
नवनिर्वाचित अध्यक्ष सन्तोष प्रधानले तेक्वान्दोको खेलको विकासलाई प्राथमिकता दिदैं अनटिएफ अगाडि बढ्ने बताउदैं अन्य खेलको विकासका लागि समेत सहकार्य गर्न आफुहरु तयार रहेको बताउनुभयो । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार