गुल्मेली समाजले मनायो बार्षिकोत्सव

गुल्मेली समाजले मनायो बार्षिकोत्सव
राजु थापा 
ह्युष्टन (टेक्सस) । 
 
गुल्मी समाज ह्युष्टन टेक्ससले एक कार्यक्रमका बीच पाचौं वार्षिकोत्सव मनाएको छ । गुल्मी जिल्लाको विकासमा प्रवासवाट सामुहिक रुपमा सहयोग गर्दै प्रवासमा समेत एकता कायम राख्ने उद्देश्यले गठित समाजले स्थापनादेखि विविध कार्यक्रम गर्दै आएको छ । 
नेपालवाट ह्युष्टन आसपास आउने नेपालीलाई स्वागत गर्दै सुरुवाती दिनमा आवश्यक पर्ने सहयोग समाजले गर्दै आएको छ । गुल्मी जिल्लाको परिचयसग जोडिएका विभिन्न सांस्कृतिक कार्यक्रमलाई समेत प्रवासमा प्रवद्र्दन गर्न सक्रिय समाजले आफ्नो वार्षिकोत्सवको अवसरमा सामुहिक वन भोजको आयोजना गरेको थियो । सो अवसरमा ह्युष्टनमा नेपालको पञ्चे बाजा ल्याउने राजु थापा र बालकृष्ण बानियालाई सम्मान गरिएको थियो । 
समाजका अध्यक्ष भिष्म मरासिनीको अध्यक्षता, सचिव लक्ष्मण भण्डारीको संचालनमा भएको कार्यक्रममा सिर्जनशिल समाजका पूर्व अध्यक्ष उमापति भूषाल, एनआरएनए टेक्सस च्याप्टरका उपाध्यक्ष द्रोण गौतम, सिर्जनशिल समाज नर्थ ह्युष्टनका सल्लाहकार बालकृष्ण बानिया, नेपलिज एशोसिएसन ह्युष्टनका सचिव विष्णु नेपाल लगायतले धारणा राख्दैं प्रवासमा एकताको आवश्यकता अझ बढी पर्ने बताउनुभएको थियो । रामकृष्ण सापकोटाको संयोजकत्वमा कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत देखाइएको थियो । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार