नेपथ्यसग शनिवार डलास झुम्दैं

नेपथ्यसग शनिवार डलास झुम्दैं
 
विश्व न्यूज संवाददाता
डलास (टेक्सस) । 
नेपालको चर्चित सांगितिक ब्यान्ड नेपथ्यको प्रस्तुती डलासमा आउदो शनिवार हुने भएको छ । 
अमेरिका भ्रमणमा आएको नेपथ्यको डलासमा यो पहिलो सांगितिक प्रस्तुती रहने बताइएको छ । नेपथ्य नेपाल बाहिर समेत चर्चित ब्यान्डको रुपमा रहेको छ ।  नेपथ्य साझको लागि गायक अमृत गुरुङ डलास आइपुगेका छन् । सदावहार गित पस्कने नेपथ्य ब्याण्डको नेपथ्य साझका लागि ३८ र ६३ डलरको टिकट शुल्क राखिएको आयोजक मध्येका एक दिवस थापाले बताउनुभयो । 
पहिलो पटक डलासमा नेपालको प्रतिष्ठित ब्याण्डको नेपथ्यको कार्यक्रमका लागि ४५ सय क्षमताको हल बुकिङ गरिएको र झण्डैं ३ हजार दर्शकको सहभागिता रहने अनुमान आफुहरुले गरेको उहाले बताउनुभयो । डलासपछि नेपथ्यको बोस्टनमा २४ जुनमा कार्यक्रम रहेको छ । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा