एनआरएन विज्ञ भेला र साधारणसभाको तयारीमा तात्यो सान फ्रान्सिस्को

एनआरएन विज्ञ भेला र साधारणसभाको तयारीमा तात्यो सान फ्रान्सिस्को

क्यालिफोर्निया । बहुचर्चित एनआरएन आईसीसी अमेरिका क्षेत्रको  विज्ञ भेला तथा एनआरएन एनसीसी युएसएको सातौं साधारणसभा अर्को हप्ता क्यालिफोर्नियाको सान फ्रान्सिस्को शहरमा आयोजना हुँदै छ । जुन १६–१७ सम्म हुने सो भेलामा अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने लगायतको उपस्थिति रहने बताइएको छ ।

साधारण सभाको विशेष आकर्षण बहुप्रतीक्षित विज्ञ भेला पनि हो । ‘स्किल्स नलेज एन्ड इनोभेसन’ सम्मेलन नाम दिइएको यो सम्मेलनमा नेपाल लगायत विभिन्न देश र अमेरिकाका विभिन्न क्षेत्रमा कार्यरत बुद्धिजीवीहरुले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । सो भेलामा पूर्वमन्त्रीहरु रेवतीप्रसाद भुसाल तथा डा. प्रकाशचन्द्र लोहनी अतिथिका रुपमा सहभागी हुने अमेरिकाको क्षेत्रीय संयोजक गौरीराज जोशीले जानकारी दिएका छन् ।

दुबै कार्यक्रमहरुको संयुक्त उद्घाटन नेपालका संघीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीले गर्ने निश्चित भएको आयोजकले बताएका छन् । सो अवसरमा नेपालका वरिष्ठ पदाधिकारी तथा अमेरिका, क्यानडा तथा ब्राजिलमा कार्यरत नेपाली विज्ञहरुले नेपालको सन्दर्भमा महत्वपूर्ण कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । विज्ञ भेलाका संयोजक तथा आईसीसी सदस्य डिल्ली भट्टराईले निकै उपयोगी कार्यपत्रहरु प्राप्त भएको बताएका छन् ।

एनआरएन अमेरिकाको सातौं साधारणसभा भव्यरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ । हालै उत्तर क्यालिफोर्नियामा कार्यरत संघसंस्थाका प्रतिनिधि तथा यस क्षेत्रका समाजसेवीहरुलाई एक कन्फरेन्स कलमार्फत सम्बोधन गर्दै सो कुरा बताएका हुन् । कार्यक्रमको तयारीसम्बन्धी अनुगमन गर्ने उद्देश्यले सम्पन्न सो टेलीमिटिङमा कन्भेनरद्वय डिल्ली भट्टराई, उमा कार्की थापा, अनुगमन समितिका संयोजक बन्धु पोखरेल, एनआरएन अमेरिकाका सल्लाहकार उत्तम कार्की लगायतको उपस्थिति थियो । सो कार्यक्रमको थप अनुगमन गर्न एक हप्ताभित्र भौतिकरुपमै बैठक बस्न लागेको आयोजकहरुले बताए ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा